दुई दिनदेखि हवाई सेवा अबरुद्ध

फोटो क्याप्सन उडान नभएपछि खाली सिमकोट बिमानस्थल।

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अबरुद्ध हुँदै आएको छ । शुक्रबारदेखि खराव मौसमको कारण हवाई सेवा अबरुद्ध भएको हो ।

शुक्रबार बिहानैबाट वर्षा सुरु भएपछि त्यसयता हुम्लाका लागि हवाई सेवा अबरुद्ध भएको नेपाल नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका निमित्त प्रमुख जगत मल्लले बताए । शनिबार तारा एयरको जहाजले नेपालगंजबाट सिमकोटका लागि उडान भर्ने तयारी अवस्थामा रहेको भएपनि खराव मौसमको कारण उडान हुन सकेन ।

त्यसैगरि शुक्रबार नेपाल एयरलाईन्सको जहाजले नेपालगंजबाट सिमकोट उडान भर्नका लागि उडेको भएपनि कालीकोटको खराव मौसमको कारण बिच बाटोवाटै फिर्ता भएको थियो । सिमकोटमा पानी परि रहेको इनरुटको मौसम पनि खराव भएको कारण दुई दिनयता उडान हुन नसकेको हो । यसबाट दुवैतर्फका यात्रुहरु मर्कामा परेका छन् ।