सि.टा. समाचारदाता
हुम्ला । दोस्रो गाउँपालिका अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता एक दिन पछि सकेको छ । दुई दिन लगातारको वर्षाले खेल मैदान हिलाम्मे भएपछि प्रतियोगिता सञ्चालन गर्न समस्या हुने देखिएपछि कात्तिक १५ गते आईतबार लागि सरेको हो ।
शनिबारबाट सुरु हुनु पर्ने सिमकोट गाउँपालिका अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता एक दिन पछि सकेको आयोजना सैपाल हिमाल माविले जनाएको छ । प्रतियोगिताको सवै तयारी पुरा भएको भएपनि वर्षाले खेल मैदान हिलाम्मे भएको कारण खेलहरु सञ्चालन गर्न कठिन हुने देखिएपछि एक दिन पछि सारिएको हो । वर्षाको कारण सिमकोटमा चिसो पनि बढेको कारण खेल सञ्चालनमा समस्या आउने देखिएको थियो ।
प्रतियोगितामा सहभागिता जनाउन सात वटा माविका खेलाडीहरु शुक्रबार सिमकोट सकेका छन । छात्र तथा छात्रा गरि २६ वटा इभेन्टहरु सञ्चालन हुने थिए । प्रतियोगिताको आईतबार उद्घाटन हुनेछ । यसका लागि आर्थिक सहयोग सिमकोट गाउँपालिकाले गरेको छ ।










