पैतीस दिनको बालक छतवाट लडाएपछि घाईते

सि.टा समाचारदाता
सिमकोट । एक जना पैतीस दिनको बालक डोकोमा सुताएको अवस्थामा घरको छतवाट लडाएपछि घाईते भएका छन् । नाम पनि नराखेका ती पैतीस दिने बालक चङ्खेली गाउँपालिका– ६ को मेल्छाम गाउँका बलबहादुर बुढाका छोरा हुन ।
सोमबार बेलुका पौने चार वजे घरको छतमा डोको भित्र सुताएका ती बालकलाई अर्का साँढे चार वर्षका बालक दुर्गा बुढाले डोको हल्लाएर खसालेपछि नौ फिट तल भुईमा बजारिएर घाईते भएको मेल्छाम स्वास्थ्य चौकीका प्रमुख हर्क बुढाले बताए । ती घाईते बालकको निधार सुनिएर चोट लागेको छ । घाईते बालककी आमा लालसुवा तामाङ छोरालाई सुताएर कपडा धुन धारामा जानु भएको र त्यही बेला अर्का बालक बुढाले सुतेका डोको हल्लाउदा बालक खसेका थिए । स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो । घाईते बालक आमाको दुध पनि खान नसक्ने अवस्थामा रहेको कारण जिल्ला अस्पतालका चिकीत्सक बिरेन्दै्र शाहीसंग समन्वय गर्दा जिल्लामा उपचार गर्न नसकिने र जिल्ला बाहिर सुर्खेत वा जुम्ला लैजान सुझाएपछि राती सुर्खेत उपचारका लागि गाडीमा पठाएको उनले बताए । मेल्छाम गाउँका स्थानीयले आर्थिक सहयोग गरेर अठचालीस हजारमा वोलेरो जीप रिजर्भ गरि आमा र बुवा सहित घाईते बालकलाई सुर्खेत पठाईएको हो ।
फोटो क्याप्सन
छतबाट खसेर निधार सुनिएका घाईते बालक ।