सि.टा. समाचारदाता
सिमकोट । सामुदायीक बिकास केन्द्र ( सिडिसी नेपाल ) द्धारा सरोकारवाला पक्षलाई जवाफदेही बनाउन उनहिरुको उपस्थितीमा सम्वाद कार्यक्रम आयोजना गरिएको छ । समावेशी शिक्षाका कार्यक्रमहरुको कार्यान्वयन पक्षका बारेमा सम्वन्धि निकायको उत्तर खोज्नका लागि सवाल जवाफको कार्यक्रम आयोजना गरि सम्वाद कार्यक्रम सम्पन्न भएको हो ।
समावेशी शिक्षा अन्र्तगत अपांगता भएका बालबालिकाहरुका लागि स्थानीय तह अन्र्तगत गाउँपालिका, वडा, विद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र बाल क्लवका बिधार्थीहरुको अर्थपुण उपस्थितीमा सो सम्वाद कार्यक्रम आयोजना गरिएको केन्द्र हुम्लाका कार्यक्रम संयोजक निराजन बुढाले बताए । यो कार्यक्रमले सरोकारवाला पक्षलाई झकझक्याउन पनि सहयो पुग्ने बिस्वास गरिएको छ ।
सम्वाद कार्यक्रममा उपस्थित निकायका ब्यक्तिहरुसंग समावेशी शिक्षाका लागि आफ्नो स्तरबाट गरिएका प्रयासहरुका बारेमा जानकारी आउने किसिमका प्रश्नाहरु संयोजक बुढाले प्रस्तुत गर्दै गाउँपालिका प्रशासकीय अधिकृत, वडा अध्यक्ष, प्रधानाध्यापक, शिक्षक र बिधार्थीहरुबाट जवाफ लिने कार्य भएको थियो । यो सम्वाद कार्यक्रम सिमकोट गाउँपालिकाका सात वटा माविहरु रामदेश, रलिङ, मानसरोवर नमूना मावि, बालमन्दिर मावि, कैलाश मावि, कर्णाली मावि र सैपाल हिमाल माविमा समावेशी शिक्षाका लागि सवैले आफ्नो तर्फबाट गर्नुपर्ने काम र खेल्नु पर्ने भूमिकाका बारेमा स्पष्ट पारिएको थियो । कार्यक्रममा विद्यालयहरुमा समावेशी शिक्षा सम्वन्धमा के कस्ता चुनौतीहरु रहेको र ती चुनौतीहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराहरुमा पनि छलफल भएको थियो । तीन घण्टासम्म सञ्चालन भएको कार्यक्रममा सरोकारवाला पक्षविच छलफल, अनुभव आदान प्रदान तथा आगामी कार्ययोजनाका सम्वन्धमा पनि छलफल भएको थियो । हुम्ला जिल्ला तीन वटा सिमकोट, खार्पुनाथ र चंखेली गाउँपालिकामा लागु भएको यो कार्यक्रम यो कार्यक्रम १ जुन २०२६ बाट हुम्ला जिल्लामा लागु भएको कार्यक्रम चार वर्षसम्म हुम्लामा सञ्चालन हुनेछ । यो अवधीमा करिव नौ करोड बजेट खर्च हुनेछ । यो सम्वाद कार्यक्रम संयोजक बुढाले सञ्चालन गरेका थिए ।
फोटो क्याप्सन
सम्वाद कार्यक्रममा सहभागीहरु ।
तस्बिर ः सि.टा





















