हुम्ला काँग्रेसको प्रदेश क्षेत्रीय अधिबेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन

सि.टा.समाचारदाता
सिकोट । नेपाली काँग्रेसको १५ औं केन्द्रीय महाधिबेशन अन्र्तगत मङ्गलबार सम्पन्न भएको दुई वटै प्रदेशका क्षेत्रीय अधिबेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सदरमकाुम सिमकोटमा सम्युक्त रुपमा सम्पन्न भएको दुवै प्रदेश क्षेत्रीय अधिबेशनबाट नयाँ कार्य समिति चयन भएको हो ।

सम्युक्त रुपमा आयोजित दुवै प्रदेश क्षेत्रीय अधिबेशनबाट क क्षेत्रबाट कर्णजंग शाही र ख क्षेत्रबाट भरतजंग शाही सभापतिमा सर्वसम्मत चयन भएको नेपाली काँग्रेसका उपसभापति बसन्त रोकायाले जानकारी दिए । प्रदेश क्षेत्र नम्बर क बाट उपसभापतिमा बिष्णुबहादुर भण्डारी, सचिवमा कृष्ण बहादुर मल्ल, सहसचिव महिलामा लालकला कामी, सहसचिव खुल्लामा महेश थापा, छबी बुढा कोषाध्यक्ष र एक जना सदस्य गरि आठ सदस्यीय कार्य समिति चयन अधिबेशनले गरेको छ । त्यसैगरि प्रदेश क्षेत्र खमा हिमाल लामा उपसभापति, रुपसिंह सुनार सचिव, नाम्ग्याल लामा सहसचिव, रितु रावल महिला सहसचिव सर्वसम्म चयन हुनु भएको छ भने सदस्यहरुमा लोक्ते कामी, सेरापछिरिङ लामा, सार्की शाही, छपाल लामा, गोईलुमा लामा, धनविर सुनार र जसबहादुर शाही चयन भएका छन् । दुवै प्रदेश क्षेत्रीय अधिबेशनले प्रदेश अधिबेशन प्रतिनिधिहरु पनि चयन गरेको छ । यसअघि असोज १२ गर्ने भनि तय गरिएको मितिमा गर्नुपर्ने प्रदेश क्षेत्रीय अधिबेशनहरु हुन सकेको थिएन । ती अधिबेशन भारी वर्षाले सडकमा पहिरो खस्दा यातायात सेवा सुचारु हुन नसकेपछि प्रदेश क्षेत्रीय अधिबेशनका लागि गाउँपालिकाबाट छनौट भएका प्रतिनिधि आई नपुगेको कारण यो अवस्था आएको थियो । कार्य समिति चयन अघि अधिबेशनको उद्घाटन सत्रमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले अधिबेशनको उद्घाटन गरेका थिए । सो कार्यक्रम काँग्रेस नेता शाही, सासद जयपति रोकाया, प्रदेश सभा सदस्य बिजया बोहरा, काँग्रेस सभापति मोहन बिक्रम सिंह, उपसभापति बसन्त रोकाया, सचिव कृष्ण बोहरा, कोषध्यक्ष बबिता शाही, चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही, सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, सिमकोट गाउँपाकिाकी उपाध्यक्ष शुशिला भाम रोकाया लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।