सामान जलाएर नष्ट

बरामद भएको सामान जलाए नष्ट गरिदै । तस्बिर : राजन रावत, हुम्ला

सि.टा. समाचारदाता
सिमकोट । एक दिन अगाडी बरामद गरिएको सामान नष्ट गरिएको छ । उपभोक्ताहरुले उपभोगका लागि म्याद गुज्रेको सामान नष्ट गरिएको हो ।
आईतबार अनुगमन टोलीले बजार अनुगमन गर्ने क्रममा फेला पारेको सो सामान सोमवार सरोकारवालाको उपस्थितीमा जलाएर नष्ट गरिएको हो । अनुगमनका क्रममा बरामद गरिएको तीस हजार मुल्य बराबरको सामान जलाएर नष्ट गरिएको हो । टोलीले अठार प्रकारका दैनिक उपभोग्य र पेय पदार्थ बरामद गरेको थियो ।

दैनिक उपभोग्य सामान जिल्ला प्रशासन कार्यालयको हातामा जलाएर नष्ट गरिएको थियो भने पेय पदार्थ पोखिएको थियो । उक्त बरामद सामान पाँच वटा पसलबाट बरामद गरिएको हो । सामान नष्ट गर्नका लागि जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उद्योग बाणिज्य संघका प्रतिनिधिको उपस्थिती रहेको थियो ।