लोग भण्डारी
सिमकोट । सिमकोट गाँउपालिकामा रहेका मासु पसलको अनुगमन गरिएको छ । उपभोक्ताहरुलाई स्वच्छ मासु बिक्रीका लागि अनुगमन गर्ने कार्य गरिएको छ ।
आईतबार बिहान सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीको नेतृत्वमा मासु पसलको अनुगमन गरिएको हो । सिमकोट बजारमा रहेका मासु पसलमा अनुगमन गर्दा ब्यापारीले पसलको सरसफाईमा ध्यान दिन नसकिएको पाईएको हो । अनुगमनका क्रममा दिईएका सल्लाहमा बर्गिकरण अनुसार मासुको रेट नराखेको पाईएको थियो । अनुगमनकै क्रममा मासु पसलको साईनबोट समेत नराखेको पाईएको थियो । सरसफाईमा ध्यान दिन अनुगमन टोलीले सुझाव दिएको थियो । हाल सिमकोट बजारका रविन स्वच्छ मासु पसल, बिद्यामिट कटिङ सेन्टर, रावत स्वच्छ मासु पसलले मासु बिक्री गदै आएका छन । उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा मासु पसलको अनुगमन गरिएको हो । अनुगमनमा सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकाया, उद्योग बाणिज्य संघ, कृषि बिकास कार्यालय का प्रतिनिधिहरुको उपसिथती रहेको थियो । अनुगमनका क्रममा मापदण्ड अनुसार मासु बिक्रि बितरण गर्न निर्देशन दिईएको छ ।

















