किसानलाई सहुलीयत मुल्यमा चार हजार कार्टोन बिक्री

सि.टा.समाचारदाता
सिमकोट । स्याउँ पाक्ने सिजन सुरु भएसंगै स्याउ वगैचा भएका किसानहरुलाई सहुलीयत मल्यमा कार्टोन बितरण गरिएको छ । स्याउ खेती गर्नु भएको किसानहरुलाई सुरक्षित रुपमा स्याउ निकासी गर्नका लागि कृषि बिकास कार्यालयले ती कार्टोनहरु बिक्री गरेको हो ।
किसानको माग बढी नै भएपनि कार्यालयको वजेट अनुसार हुम्लाको पहिचान उल्लेख गरिएका चार हजार कार्टोन सहुलीयत मुल्यमा बिक्री गरिएको कार्यालय प्रमुख चुणमणी पन्तले बताए । धेरै बोट लगाएका किसानलाई असीदेख एक सय वटा कार्टोनहरु बिक्री गरिएको उनको भनाई छ । नब्बे रुपियाँमा खरिद गरि सिमकोट आई पुगेको ती कार्टोनहरु किसानलाई प्रति कार्टोन तीस रुपियाँमा बिक्री गरिएको हो । किसानबाट असुल गरिएको रुपियाँ राजस्व खातामा जम्मा गरिएको छ । सात लेयरको कार्टोन भएको कारण हुम्लाबाट कच्ची र खाल्डाखुल्डी भएको सडक भएपनि बाहिर निकासी गर्दा स्याउमा घाउ नलाग्ने बिस्वास उनले ब्यक्त गरे । किसानको आवश्यकता अनुसार कार्टोन खरिद गरेर ल्याउन नसकेपछि किसानलाई सिकाईका रुपमा लिन पनि उनको आग्रह छ । डेढ सय भन्दा बढी किसानहरुले उक्त सहुलीयत मुल्यको कार्टोन खरिद गरेर लिएका हुन । यसका लागि कार्यालयले चार लाख वजेट खर्च गरेको छ ।
फोटो क्याप्सन

सहुलीयत मुल्यमा कृषि बिकास कार्यालयमा आई पुगेका कार्टोन बिक्री ।