असोज २३ गतेँबाट सिमकोटको बिद्युत पुरानै किसिमले आपुर्ती हुने

सि.टा समाचारदाता
सिमकोट । सिमकोट बजारमा हाल दुई घण्टा र अन्य दुई गाउँपालिकाका बन्द गरिएको हिल्दुम विद्युत बितरण केन्द्रका बिद्युत आपुर्ती कार्य असोज २३ गतेबाट पुरानै किसिमले नियमित आपुर्ती हुने भएको छ । हाल बिग्रेर निकालिएको पावर हाउसको गभर्नर नयाँ खरिदका लागि बिधुत प्राधिकरण निर्माण कम्पनीलाई कार्यादेश दिएपछि नयाँ गभर्नर जडान हुने भएको हो ।
भादो ३० गते एक नीजि निर्माण कम्पनीलाई कोटेशन मार्फन नयाँ गभर्नर खरिदका लागि कार्यादेश दिईएको हिल्दुम बिद्युत बितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले बताए । २५ दिन भित्र सो मेशिन खरिद गरेर हिल्दुम बिधुत बितरण केन्द्रको पावर हाउसमा रहेको मेशिनको गभर्नर जडान गरि सक्ने गरि कार्यादेश दिएको कारण असोज २३ गते भित्र बिधुत आपुर्ती कार्य नियमित हुने उनले बताए । चीनबाट मेशिन चाँडै ल्याउन सके त्यो भन्दा पहिला नै बिद्युत आपुर्ती हुन सक्ने देखिएको छ । हाल सदरमुकाम सिमकोट गाउँपालिका– ५ र ६ नम्बर वडावासी र वजारवासीलाई बढी दुई घण्टा मात्र विद्युत आपुर्ती हुने गरेको छ । सिमकोट कै अन्य वडा, खार्पुनाथ गाउँपालिका र नाम्खा गाउँपालिकामा त विद्युत आपुर्ती नै बन्द गरिएको छ ।

फोटो क्याप्सन

सदरमुकाम सिमकोट बजार ।