सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशको जुम्ला जिल्लामा राप्रपा पार्टीलाई बलियो बनाउने गरि लाग्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलले आग्रह गरेका छन् । उनले शनिबार जुम्लाको सिंजामा आयोजना गरिएको कार्यक्रममा जुम्लावासीलाई सो आग्रह गरेका हुन ।

कर्णाली वासीलाई भटौ अभियानमा निस्केका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देलले ब्यक्तिगत रुपमा नभई राप्रपा पार्टीलाई माया गर्न र पार्टीमा लाग्न जुम्लावासीलाई आग्रह गरेका छन् । अध्यक्ष लिङ्देलले जुम्लावासीले ज्ञानेन्द्र बहादुर शाहीलाई जसरी २०७९ को निर्वाचनमा जिताएर संघीय संसदमा पठाए अब त्यसरी नै राप्रपा पार्टीलाई जुम्लावाट जिताउने गरि लाग्न आग्रह गरे । उनको भनाई जुम्लामा राप्रपा पार्टी बलियो भन्दा पनि शाहीको ब्यक्तिगत कारण सासद जितेको भन्ने तर्फ उनले संकेत गरेका थिए । ब्यक्ति भन्दा पार्टी ठुलो हुने भएको कारण राप्रपालाई जसरी पनि बलियो बनाउने काममा लाग्न उनले जुम्लावासीलाई आग्रह गरेका थिए । देशमा ठुला पार्टीहरुको अवस्था देखि सकेको कारण एक पटक राप्रपालाई कर्णालीवासीले काम गर्ने अवसर प्रदान गर्न आग्रह गरे । त्यसैगरि पार्टीका उपाध्यक्ष रबिन्द्र मिश्रले आफुले केह िगर्ने सम्झेर नै राप्रपा छानेको बताउदै अब कर्णालीका जनताले पनि यो पार्टीले रोज्न आग्रह गरे । उनले आफुले राजनीति नगरेको भएपनि हुने बताउदै नेपाली जनतालाई केही गर्न सकिन्छ कि भनेर नै राप्रपामा लागेर राजनीति गरि रहेको बताए । राप्रपा प्रबक्ता एवं सासद ज्ञानेन्द्र बहादुर शाहीले यसवर्ष जुम्लाको स्याउको ब्राण्डा नेपालभर गरेको र अब आगामी वर्ष जुम्लाका अन्य अर्गानिक उत्पादनलाई व्राण्ड गर्नेतर्फ लाग्ने बताए । कर्णालीका जनतासंग भेट्नका लागि बिगत चार दिनदेखि अध्यक्ष लिङ्देशको टिम कर्णालीका बिभिन्न जिल्लामा पुगेर सभा मार्फत आफ्ना कुरा राख्दै आएका छन् ।
























