नाम्खा गाउँपालिकाको याल्वाङमा एकिकृत स्वास्थ्य शिबिर सुरु

शिबिरमा सेवा लिने लाईनमा वस्दै सेवाग्राही । तस्बिर ः नाम्खा गाउँपालिका स्वास्थ्य शाखा

सि.टा. समाचारदाता

सिमकोट । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा एकिकृत स्वास्थ्य शिबिर सोमबारबाट सुरु भएको छ । नाम्खा गाउँपालिका र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आयोजनामा शिबिर सुरु भएको हो । नाम्खा गाउँवासीका वासिन्दाहरुलाई स्थानीय तहमा स्वास्थ चेकजाँच गर्ने उद्धेश्यले एकिकृत स्वास्थ्य शिबिर सुरु भएको गाउँपालिका स्वास्थ्य सयोजक ग्याछो लामाले बताए । नाम्खा गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समन्वयमा बृहत स्वास्थ्य शिविर सुरु भएको हो । शिबिरमा सेवाग्राहीहरुले आँखा रोग विशेषज्ञ सेवा (मोतिविन्दुको निःशुल्क शल्यक्रिया), हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, दाँत तथा मुख रोग विशेषज्ञ सेवा, छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा , जेनेरल फिजिसियन विशेषज्ञ सेवा र भिडियो ऐक्स–रे सेवा र फार्मेसी सेवा प्रदान गरिएको छ । यसका लागि प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको नेतृत्वमा २२ जना टोलीले शिबिरमा सेवा दिन सुरु गरेको हो । टोलीमा आएका सदस्यहरु मध्य १४ जना बिशेषज्ञ चिकीत्सकहरु रहेका छन् । शिबिर कातिक २१ गतेसम्म सञ्चालन हुनेछ । शिबिरमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाको समेत सहभागिता रहेको छ ।