सि.टा. समाचारदाता
सिमकोट । एक साता पछि सीता एयर सिमकोटका लागि एक्कै दिनमा तीन वटा उडान भरेको छ । नेपालगंज, सुर्खेत र सिमकोटमा यात्रुहरुको चाप बढी भएपछि उक्त एयरलाईन्सको जहाजले उडान भरेको हो ।
बिहीबार सीता एयरले नेपालगंज र सुर्खेतबाट तीन वटा उडान भनेको सीता एयर सिमकोटको इन्चार्ज छेपेल लामाले बताए । जसमा सुर्खेतबाट सिमकोट एउटा उडान भरेको छ भने । नेपालगंजबाट दुई वटा उडान भरेको हो । तीन वडान भएपछि दशै र तिहार मनाउन हुम्ला बाहिर गएको कर्मचारी र स्थानीय गरि ४८ जना यात्रु सिमकोट भित्रिएका छन् भने सिमकोटबाट नेपालगंज र सुर्खेत बालक तथा बिधार्थीहरु सहित ५० जना जिल्ला बाहिर जान पाएका छन् । तीन वटा उडान भएपछि यात्रुहरुलाई केही सहज भएपनि अझै सिमकोट बिमानस्थलमा यात्रुको चाप भने घटेको छैन ।
























