सि.टा. समाचारदाता
स्पेनिस लालिगामा बार्सिलोना रियल सोसिडाडसँग पराजित भएको छ। सिजनको दोस्रो हार भोग्ने क्रममा बार्सिलोना रियल सोसिडाडसँग १-० ले स्तब्ध बन्यो।
उत्कृष्ट प्रदर्शन गर्दै आएको बार्सिलोना युवा स्टार लामिन यमल विना मैदान उत्रिएको थियो। हारले शीर्ष स्थानमा ६ अङ्कको स्पष्ट अग्रता बनाउने अवसर बार्सिलोनाले गुमाएको छ।
१३ खेलको समाप्तीमा बार्सिलोनाको ३३ अङ्क भएको छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १२ खेलबाट २ अङ्क रहँदा एट्लेटिको म्याड्रिडको १३ खेलबाट २६ अङ्क छ।
भिल्लारियल २४ अङ्क बनाएर चौंथो स्थानमा हरँदा ओसासुना २१ अङ्कका सथ पाँचौं स्थानमा छ। बार्सिलोनालाई स्तब्ध पार्न पहिलो हाफमा सेर्राल्डो बेकर्सले पहिलो हाफमा गरेको एकमात्र गोल सोसिडाडका लागि निर्णायक बन्यो।
पहिलो हाफमै रोवर्ड लेवान्डोस्कीले गरेको गोलले मान्यता पाएन्। त्यसपछि पनि बार्सिलोनाले गरेको लगातारको गोल प्रयास सफल भएन्। स्पेनिस लालिगा अन्तर्गत आइतबार रातिनै भएका अन्य खेलमा एट्लेटिको म्याड्रिडले मालार्कोलाई १-० ले हराउँदा रियल बेटिस र सेल्टाभिगोले २-२ गोलको बराबरी खेल्दा जिरोनाले गेटाफेलाई १-० ले हरायो।
त्यस्तै रियल भालाडोलीड र एथलेटिक क्लबले १-१ गोलको बराबरी खेले।
















