आज चार वटा संसदीय समितिको बैठक बस्दै, के के छन् एजेन्डा

सि.टा. समाचारदाता

चार वटा संसदीय समितिको बैठक एकै पटक शुक्रबार बस्दै छन् । जसअनुसार आज बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा समितिले आगामी दिनमा गर्न स्थलगत अनुगमन तथा समितिका कामकारबाहीका विषयमा छलफल हुनेछ ।

यस्तै, दिउँसो सवा १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुनेछ ।

यस्तै, दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा हुनेछ ।