सि.टा. समाचारदाता
सिमकोट । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा हुने जनाएका छन् । मंगलबार मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्दै मन्त्री चौधरीले विविध कारण हुन नसकेको खेलकुद फागुनमा गर्ने बताएका हुन् ।
खेलकुद क्षेत्रबाट बालबालिकाको भविष्य सुन्दर बनाउन सकिने बताउँदै खेलकुद मन्त्री चौधरीले निजी क्षेत्रको साथ र सहयोगमा खेलकुद र विद्यालयलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए।
उनले अहिले पनि निजी क्षेत्रको साथमा क्रिकेटको ठूलो इभेन्ट हुने बताए खेलकुदलाई थप बलियो बनाउन निजी क्षेत्रको भूमिका अहम हुन्छ । खेलकुदको विकासका लागि
प्रधानमन्त्रीको चीन भ्रमण थप सकारात्मक हुने विश्वास उनले गरे । खेलकुदका लागि सो भ्रमणमा केही सम्झौता हुने अपेक्षा गरिएको उनले बताए , विद्यालय नै खेलकुदको जग भएको बताएका मन्त्री चौधरीले सरकारले समेत राष्ट्रपति रनिङ
शिल्डलाई प्राथमिकतामा राखेको उल्लेख गरे। राष्ट्रपति रनिङ शिल्डका लागि सरकारले बजेट दिन नसकेको स्वीकार गर्दै मन्त्री चौधरीले आउँदो बजेटमा स्थानीय तहमै बजेटसहित प्रशिक्षकको व्यवस्था गराउने योजनामा रहेको बताए ।
























