सि.टाा. समाचारदाता
सिमकोट । चिसो मौसममा हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवासीय विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई न्यानो पोसाक सहयोग गरिएको छ । जाडो सुरु भएसंगै चिसोबाट बचाउन बिधार्थीहरुलाई एनविसी युकेको आर्थिक सहयोगमा उपलब्ध भएका पोसाकहरु शनिवार एक कार्यक्रमको आयोजना गरि बिधार्थीहरुलाई बितरण गरिएको हो

विद्यालयमा अध्ययनरत ४६ जना बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको विद्यालयकी प्रधानाध्यापक कमला लामाले बताईन । न्यानो कपडामा ज्याकेट, ट्राउजर, जुत्ता, टोपी, मोजा लगाएतका नौ प्रकारका न्यानो कपडाहरु सवै बिधार्थीहरुलाई बितरण गरिएको हो । यस्तो सहयोगले न्यून आयश्रोत भएका अपाङ्गता बिधार्थीहरु चिसोबाट बचाउन निक्कै सहयोग भएको उनले बताउदै सहयोगी हातहरुलाई धन्यवाद दिईन । प्रत्येक बिधाथीको नाप नै लिएर न्यानो कपडा उपलब्ध गराउने कार्य भएको हो ।

एनविसी युकेको आर्थिक सहयोगमा हुम्ला होराईजन परियोजना अन्र्तगत सहयोग उपलब्ध भएको साहारा समुहका निर्देशक सुर्य पौडेलले बताए । ४६ जना बिधार्थीहरु साहारा समुहले सञ्चालन गरेको आवासीय छात्रावासमा वस्दै आएका छन् । यसका लागि प्रति बिधार्थी एघार हजार रुपियाँका दरले हुन आउने पाँच लाख छ हजार रुपियाँ सहयोगी संस्थाबाट उपलब्ध भएको थियो । जिल्लाका सात मध्य छ वटा गाउँपालिकाका बिधार्थीहरु उक्त विद्यालयमा निशुल्क अध्ययन गर्दै आएका छन् । न्यानो पोसाक पाएपछि छात्रा पानमति फडेराले न्यानो पोसाक पाएपछि आफ्ना सबै सार्थीहरु खुसी रहेको र यसले अत्याधिक चिसो भई रहेको बेला चिसोबाट बच्न र पठन पाठनमा सहयोग मिलेको बताईन । यो सहयोग महत्व र उपयोगिताका हिसावले बिस्तार हुने भएको छ । यसपछि अब आसावीय रुपमा वस्तै आउनु भएको बिधार्थीहरुलाई पोषणमा सुधार ल्याउन तरकारी र खाद्य बस्तुमा सहयोग हुनेछ भने अर्को विद्यालय र छात्रावासमा बिधुतको ब्यवस्थाका लागि सोलार जडान गर्ने कार्य पनि हुनेछ । पोसाक बितरण कार्यक्रममा सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकायाले अपाङ्ग बालबालिकालाई सहयोग मिल्नु आफैमा सकरात्मक कार्य भएको बताउदै यसले बिधार्थीहरुको पठनपाठनमा पनि सहयोग मिल्ने बताईन । कार्यक्रममा यी बिधार्थी अध्ययन गर्ने बालमन्दिर माविका प्रधानाध्यपक कैलाश रोकाया, सिमकोट गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत ममता रोकाया, सिमकोट गाउँपालिका शिक्षा शाखामा नायव सुब्बा कृष्ण प्रसाद आचार्य लगाएतको उपस्थिती रहेको थिये ।
















