
सि.टा. समाचारदाता
सिमकोट । चिसोको कारण उम्मेदवारका एजेण्टहरु ढिलो गरि आउदा निर्धारित समयमा मतदान कार्य ढिलो गरि भएपनि सबै मतदान केन्द्रमा मतदान कार्य सुरु भएको छ ।

निर्धारित समय सात बजे भएपनि साढे सात बजेबाट केही मतदान केन्द्रमा सुरु भएको र आठ बजेसम्म सबै मतदान केन्द्रमा मतदान कार्य सुरु भएको हो । सर्केगार्ड गाउँपालिका उपनिर्वाचनका लागि तेह्र वटै मतदान केन्द्रमा मतदान कार्य सुरु भएको प्रहरी नायव उपरिक्षक रबिन्द्र खनालले बताए ।

उनले उम्मेदवारका प्रतिनिधिहरु मतदान केन्द्रमा ढिलो आएको कारण मतदान कार्य निर्धारित समयमा हुन नसकेपनि ढिलै गरि भएपनि सबै मतदान केन्द्रमा सुरु भएको उनले बताए ।

सर्केगार्ड गाउँपालिका– ४ को हिमज्योति मतदान केन्द्रमा एमाले केन्द्रिय सदस्य दलबहादुर रावलले पहिलो मतदान कार्य गरेका थिए । मतदानका लागि मतदाताको उत्साहपुर्वक सहभागिता रहेको छ ।

बाह्र वटा मतदान केन्द्र र तेह्र वटा मतदान केन्द्र रहेका छन् । यो निर्वाचनका लागि छ हजार ८१० मतदाता रहेका छन् ७३ जना कर्मचारी र १७३ जना सुरक्षाकर्मी मतदान कार्यका लागि खटिएका छन् ।















