२५५२ मत गन्दा माओवादीसंग मतान्तर घटाउदै काँग्रेस

सि.टा. समाचारदाता
सिमकोट । कुल खसेको मत मध्य २५५२ मत गन्दा नौ सय अठचालीस मत ल्याएर माओवादी केन्द्रकी देवकी तिमिल्सिना अगाडी रहेकी छन् । सर्केगार्ड गाउँपालिकाको उपनिर्वाचनमा पाँच वटा वडाका छ वटा मतदान केन्द्रको मत गणना कार्य हुँदा माओवादी केन्द्रको अग्रता कायमै रहेको हो ।

यी पाँच वटा मतदान केन्द्रहरु वडा नम्बर १ को देवल आवि तुम्च र सरस्वति मावि जैर तथा वडा नम्बर २ को लालिगुराँस मावि लिप्न, वडा नम्बर ३ को देवकोटा आवि उनापानीे, हिमज्योति मावि सर्केगार्ड र भवानी आवि गोठी मतदान केन्द्रको मतदान केन्द्रमा खसेको मत गणनाा गर्दा माओवादी उम्मेदवार पहिलो स्थान मै भए पनि काँग्रेससंग मतान्तर भने घट्दै छ ।

यी पाँच वटा मतदान केन्द्रमा खसेको दुई हजार ५५२ मत गणना गर्दा माओवादी उम्मेदवरा देवकी तिमिल्सिनाले ९४८ मत ल्याएर अग्रस्थानमा रहेकी छन् भने काँग्रेस उम्मेदवार सबिता बुढाले ८६६ मत ल्याएर पछ्याएकी छन् ।

एमाले उम्मेदवार जाना शाहीले ६०८ मत ल्याएकी छन । त्यसैगरि राप्रपाकी उम्मेदवार संगिता शाहीले ३५ मत प्राप्त गरेकी छन् भने रास्वपाकी बाँचु बुढाले नौ र स्वतन्त्र नरेश शाहीले पाँच मत प्राप्त गरेका छन् ।

बदर मत ४१ रहेको छ । अझै एक हजार ९७२ मत गणना गर्न बाँकी रहेको छ । अहिले वडा नम्बर ५ कै धुम्चली आवि कल्लासको मतगणना कार्य जारी रहेको छ । आईतवार सम्पन्न भएको उपनिर्वाचनमा चार हजार ५२४ मत खसेको थियो ।