सञ्चार समाचारदाता
सिमकोट । कुल खसेको मत मध्य ३०४८ मत गन्दा माओवादी केन्द्रकी देवकी तिमिल्सिना अगाडी रहेकी छन् । सर्केगार्ड गाउँपालिकाको उपनिर्वाचनमा पाँच वटा वडाका सात वटा मतदान केन्द्रको मत गणना कार्य हुँदा माओवादी केन्द्रको अग्रता कायमै रहेको हो ।
यी आठ वटा मतदान केन्द्रमा खसेको दुई ३०४९ मत गणना गर्दा माओवादी उम्मेदवरा देवकी तिमिल्सिनाले ११३७ मत ल्याएर अग्रस्थानमा रहेकी छन् भने काँग्रेस उम्मेदवार सबिता बुढाले १०९६ मत ल्याएर पछ्याएकी छन् । एमाले उम्मेदवार जाना शाहीले ७०० मत ल्याएकी छन । त्यसैगरि राप्रपाकी उम्मेदवार संगिता शाहीले ४३ मत प्राप्त गरेकी छन् भने रास्वपाकी बाँचु बुढाले बाह्र र स्वतन्त्र नरेश शाहीले पाँच मत प्राप्त गरेका छन् । बदर मत ५३ रहेको छ । अझै एक हजार ४७६ मत गणना गर्न बाँकी रहेको छ ।
यी पाँच वटा मतदान केन्द्रहरु वडा नम्बर १ को देवल आवि तुम्च र सरस्वति मावि जैर तथा वडा नम्बर २ को लालिगुराँस मावि लिप्न, वडा नम्बर ३ को देवकोटा आवि उनापानीे, ४ को हिमज्योति मावि सर्केगार्ड, ५ को भवानी आवि गोठी र ५ कै धुम्चुली कल्लास र वडा नम्बर ६ को स्वयम्भु आवि बराई मतदान केन्द्रको मतदान केन्द्रमा खसेको मत गणनाा गर्दा माओवादी उम्मेदवार पहिलो स्थान मै भए पनि काँग्रेससंग मतान्तर भने घट्दै छ ।
अझै एक हजार ४७५ मत गणना गर्न बाँकी रहेको छ । अहिले वडा नम्बर ६ कै ईश्वर आवि छ्यगीको मतगणना कार्य जारी रहेको छ । आईतवार सम्पन्न भएको उपनिर्वाचनमा चार हजार ५२४ मत खसेको थियो ।























