सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– १ र २ का महिलाहरुलाई पून प्रयोग गर्न सकिने स्यानीटरी प्याड सहयोग गरिएको छ । प्याडै प्रयोग नगर्ने महिलाहरुलाई सेनिटरी प्याड प्रयोग गर्न लगाउने र सुरक्षित महिनावारी हुने बाताबरण निर्माणका लागि प्याड बितरण गरिएको हो ।

काठमाडौंको नेपाल हेल्थ ट्रष्टले ठेहे गाउँका पाँच सय जना महिलाहरुलाई पून प्रयोग गर्न सकिने सेनिटरी प्याड उपलब्ध गराए अनुसार महिलालाई बितरण गर्ने कार्य भएको ठेहे स्वास्थ्य चौकीका संयोजक दानबहादुर बोहराले बताए ।
दश वर्षदेखि माथिका प्रजनन क्षेमता भएका महिलाहरुलाई उक्त सेनिटरी प्याड बितरण गरिएको हो । यो प्याड पाएपछि महिलाहरुले यसअघि महिनावारी भएको समयमा प्याडै प्रयोग नगरि रहेको अवस्थामा त्यसको पहिलो पटक प्रयोग गर्ने भएका छन् ।
महिलालाई सेनिटरी प्याडको प्रयोग गर्ने तरिका, यसको पूनः प्रयोग गर्ने तरिकाका बारेमा पनि दुई दिनसम्म जानकारी गरिएको थियो । ठेहे स्वास्थ्य चौकीको पहलमा हिमालयन ईन्टरप्रनियर रिसोसेज केन्द्रीय कार्यालय काठमाडौंवाट प्याड प्राप्त भएको हो महिलाहरुलाई दुई वर्षसम्म पुग्ने गरि पूनः प्रयोग गर्न सकिने सेनिटरी प्याड पाँच सय पिस निशुल्क वितरण गरिएको हो ।
















