सि.टा. समाचारदाता
सिमकोट । नेपाल पत्रकार महासंघ हुम्ला शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सफथ खुवाउने र प्रमाण पत्र बितरण गर्ने कार्य भएको छ ।
महासंघ मंसीर २८ गते सम्पन्न भएको निर्वाचनबाट सर्वसम्मत चयन भएको टिमलाई प्रमाणपत्र बितरण गर्ने कार्य भएको हो । निर्वाचन सम्पन्न गर्न गठन भएको निर्वाचन मण्डलले आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशका पुर्वमुख्य मन्त्री जीवनबहादुर शाहीले निर्वाचित टिमलाई सफथ खुवाउने र प्रमाणपत्र बितरण गर्ने कार्य गरेका थिए ।
सो कार्यक्रममा शाहीले समाज परिवर्तनका लागि पत्रकारिता क्षेत्र ऐना जस्तै हुनु पर्ने बताएका छन् । शनिबार पत्रकार महासंघ हुम्ला शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सफथ ग्रहण तथा प्रमाणपत्र बितरण कार्यक्रममा पुर्बमुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन ।
निर्वाचित टिमलाई सफथ खुवाउने र प्रमाणपत्र बितरण गर्ने कार्यक्रमपछि नेपाली काँग्रेस कर्णाली प्रदेश सभामा संसदीय दलका नेता समेत रहेका शाहीले समाज परिवर्तनका लागि पत्रकारिता क्षेत्र महत्वपुर्ण अंगका रुपमा रहने भएको कारण पत्रकारहरु निष्पक्ष र पारदर्सी रुपमा पत्रकारिता गर्नु पर्ने बताए । जसरी ऐनामा अनुहार स्पष्ट रुपमा देखिन्छ समाजमा भएका कुरा पनि सञ्चारकर्मीहरुले त्यसरी नै बाहिर ल्याउन सके पविर्तन गर्न सहज हुने उनले बताए ।
जिल्लाका केही कुरा राष्ट्रिय स्तरका मिडियामा बाहिर आई रहेको भएपनि अझै धेरै कुरा आउन बाँकी रहेको कारण त्यस्ता समाजमा लुकेर रहेका कुरा बाहिर ल्याउन उनले सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले निष्पक्ष र स्वतन्त्र पत्रकारिता गर्न आग्रह गरे र राजनीति आस्था राख्नु पत्रकारका लागि गल्ती नभएको तर लेख्ने बेला त्यो आस्थालाई विर्सेर काम गर्न आवश्यक रहेको उनले बताए । सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले साझा संस्थाले साझा काम गर्ने गरि अगाडी बढे सहयोग गर्न गाउँपालिका तयार रहेको बताए ।
कार्यक्रममा सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले सधै नकरात्मक मात्र नभएर सकरात्मक कुराको पनि पत्रकारहरुले समाचार बनाउन आवश्यक रहेको बताए । नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले समाज परिवर्तनको संबाहक क्षेत्र सधै सजक र सतर्क बनाउने खालका सामाग्री दिन सके त्यसबाट सकरात्मक प्रभाव पर्ने बताए ।
कार्यक्रममा काग्रेस उपसभापति बसन्त रोकाया, एमाले उपाध्यक्ष प्रकाशबहादुर शाही, माओवादी केन्द्रका सचिव धर्मराज बोहरा, राप्रपा अध्यक्ष बिकास महत लगाएका बक्ताहरुले शुभकामना सन्देश दिएका थिए । महासंघको हुम्ला शाखाका सबै पदहरु सर्वसम्मत भएका थिए ।
























