
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकारका पुर्वमुख्य मन्त्री एवं नेपाली काँग्रेस कर्णाली प्रदेश सभामा संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कर्णालीमा जता पुग्यो त्यतै स्वागत गर्ने ताति देखिएको छ ।
यो बिचमा उनका १९ दिन काँग्रेस कार्यकर्ता र जनाले गरेको स्वागत मै बितेको हुन । वाईट बडी जहजा खरिद काण्डमा अख्तियारले लगाएको आरोपबाट बिशेष अदालतले सफाई दिएपछि उनी कर्णाली प्रदेशका विभिन्न जिल्लामा भेटघाटका लागि निस्कने क्रममा स्वागत पाएका हुन ।
बिशेष अदालतले सफाई दिएको दिनबाटै उनको स्वागत गर्ने कार्य सुरु भएको थियो जुन शनिबार दैलेख जिल्लाको ढुङ्गेश्वरमा पुगेर स्वागत मै बितेको छ । यो बिचमा उनका १९ दिन पुर्ण रुपमा स्वागत तथा बधाई पाउने कार्यका लागि बितेका छन् । उनको यो स्वागत गर्ने कार्य मंसीर २४ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सुरु भएको थियो ।
मंसीर २६ गते करिब एक वर्षपछि आफ्ना गृह जिल्ला हुम्ला पुगेको काँग्रेस नेता शाहीलाई सिमकोट बिमानस्थलमा स्वागत गरिएको थियो । सोही दिन मानसरोवर माविमा काँग्रैस हुम्लाले आयोजना गरेको सभामा पनि स्वागत गर्ने कार्य जारी रहेको थियो । सोही दिन लामा साँस्कृति मंचले पनि उनलाई स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको थियो ।
त्यसपछि नेता शाहीले खार्पुनाथ शिवालय क्षेत्रमा निर्माण भएको मुर्तीको उद्घाट कार्यक्रम रहेको थियो जहाँ उनलाई सम्मान गरिएको थियो । त्यसपछि खार्पुनाथ गाउँपालिका केन्द्रमा गाउँपालिकाले पनि उनको स्वागत गरेको थियो । यता सकेगार्ड गाउँपालिका– ३ को उनापानी गाउँमा पनि उनको स्वागत भव्य गरिएको थियो ।
त्यसपछि सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिका केन्द्र स्तरमा पनि स्वागत कार्यक्रम आयोजना गरिएको थियो । उनको स्वागत गर्ने कार्य गृह जिल्ला हुम्लामा मात्र सिमित भएन । त्यसपछि उनको स्वागत कार्यक्रम कर्णाली कै कालिकोट जिल्लाका बिभिन्न स्थानीय तह स्तरका काँग्रेस कार्य समितिले गरेको थियो भने पछि सदरमुकाम मान्मा पनि एक भव्य कार्यक्रम गरेर कालिकोटवासीले उनको स्वागत गरेका थिए ।
बिहीबारबाट कर्णाली कै दैलेख जिल्ला प्रेश गरेका उनलाई शनिवारसम्म दैलेख जिल्लामा स्वागत कार्यक्रम जारी रहेको छ । उनले यो १९ दिनमा जति पनि स्वागत तथा बधाई दिने कार्यक्रम आयोजना गरिएका थिए । ती कार्यक्रममा उनले आफुलाई अख्तियारले लगाएको आरोप निराधार भएको बिशेषको फैसलाबाट स्पष्ट भएको जवाफ दिने गरेका थिए ।











