सि.टा. समाचारदाता
सिमकोट । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले आफुलाई हुम्लामा फरक रुपमा प्रस्तुती गर्ने प्रयत्न गरि रहेका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डे हुम्लामा कार्यरत भई रहदा सय दिनमा २७ वटा उपलब्धिलाई सार्वजनिक गरेपछि केही फरकपना देखिन थालेको हो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले एक सय दिनका गरेका उपलब्धिहरु सार्वजनिक गरिएका हुन । जिल्ला प्रशासन कार्यालयले यो नयाँ अभ्यास सुरुवात गरेको हो । हालसम्म प्रशासन कार्यालयले गरेको यो नयाँ प्रयास हो ।
त्यसैगरि केही दिन अगाडी उनले कार्यालयका सार्वजनिक सुनुवाई गरेर नयाँ कामको थालनी पनि गरेका थिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्ला पुगेपछि हुम्लाको समग्र विकास निर्माण एवम् सुशासन कायम लगायतका विषयमा भूमिका निर्वाह गरेको, गुनासो रहित सेवा प्रवाह, सुनिश्चितता सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउनुका साथै जिल्लामा सुशासनको अवस्था कायम गर्ने गरी कार्यसम्पादन, जिल्ला स्थित राजनितिक दलहरुसँग समन्वय गरी जिल्लाको प्रमुख समस्या शान्ति सुरक्षा, विकास निर्माण, हवाई, विद्युत, सञ्चार लगायतका सेवामा प्रभावकारीता ल्याउने कामलाई प्रथामिता दिएको प्रगतिमा उल्लेख गरिएको छ ।
त्यसैगरी सडक यातायातबाट जिल्ला पुग्न बाजुराको पिली र धुलाचौरामा समस्या झेल्दै आएको समस्याको समाधान, जिल्लास्थित सञ्चारकर्मीसँगको समन्वयमा प्रभावकारीता, व्यापार व्यवसायी, उपभोक्तासँग समन्वय, सहकार्य, जिल्लामा हुने लागु औषध दुरुपयोग नियन्त्रण सम्बन्धी सुरक्षा निकायलाई यसको नियन्त्रण, न्युनिरकणमा जोड, हवाई टिकट र हवाई भाडामा सहजीकरण सम्बन्धमा सुरक्षा निकायका प्रमुख, नागरिक उड्डययन कार्यालय प्रमुख, एयरलाईन्स लगायत अन्य सरोकारवालासँग समन्वय कायम हुँदै आएको कुरा पनि प्रगतिमा समेटिएको छ ।
हवाई टिकटको माग बमोजिम सम्बन्धित एयरलाईन्सको उपलब्धका आधारमा जिल्लाका राजनीतिक दलहरु तथा अन्य सरोकारवालाहरुसँग बैठक गरी हुम्ला जिल्ला केन्द्रीय सडक सञ्जालसँग प्रत्यक्षरुपमा जोडिई नसकेको सन्दर्भमा हुम्लाबासीको हवाई यातायातलाई सहज र सुलभ गराउन पहल, जिल्ला प्रशासनबाट हुने विभिन्न सेवाप्रवाहमा छिटो छरितोसहित सातवटै स्थानीय तहबाट नागरिकता सिफारिस कार्यान्वयन गर्न अनुरोध, आगलागीमा आधारित कृत्रिम घटना अभ्यास, सिमकोटको विद्युत सवस्टेशन निर्माण पहल, चीनको ताक्लाकोटमा हुने अन्तर्देशीय समकक्षी बैठकमा सहभागी भएर सिमा पास थप व्यवस्थित, ताक्लाकोटमा रहेका हुम्लीको सुरक्षा चासो, देशभर फैलिएको डेङ्गु नियन्त्रणमा सजक रहन सम्बन्धित पक्षको ध्यानकर्षण, हुम्ला पुग्नु भएका कर्णाली प्रदेश मुख्यमन्त्री यामलाल कडेललाई जिल्लाको समग्रह विकास निर्माण तथा सुशासन सम्बन्धमा जानकारी, जिल्लामा लैगिक हिंसा, उपनिर्वाचन शान्तीपुर्ण र मर्यादित सम्पन्न भएको पनि प्रजिअ पाण्डले प्रगतिमा समावेश गर्नु भएको छ ।
प्रशासन कार्यालयबाट सेवाग्राहीको समस्यालाई ध्यानमा राखि हुलाक टिकट बिक्री सुरु र जाडो याम सुरु भई सकेको सन्दर्भमा हिमपातबाट अवरुद्ध हुने विद्युत, खानेपानी, सिंचाइ, सञ्चार, यातायात जस्ता अत्यावश्यक सेवाहरुको तत्काल मर्मत सम्भार गरी सेवा सुचारु गर्न सम्बन्धित सेवा सञ्चालन गर्ने कार्यालयहरु आवश्यक तयारीको अवस्थामा रहने र हिमपातबाट प्रभावितहरुको तत्काल खोज, उद्धार तथा राहत लगायतका समग्र विपद् व्यवस्थापनको तयारी गरिएको पनि प्रगतिमा समेटिएको छ ।
























