कर्णाली प्रदेश सभा वैठक माघ ७ गतेबाट

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सभाको वैठक आगामी माघ ७ गतेबाट सुरु हुने भएको छ । प्रदेश सभा सचिवालयले बुधबार एक सुचना सार्वजनिक गरेर प्रदेश सभाको बैठक आव्हान गरेको हो ।

प्रदेश सभा सचिवालय निमित्त सचिव नेत्र बहादुर कार्कीले एक सुचना जारी गरेर कर्णाली प्रदेश सभाको वैठक आगामी माघ ७ गते दिनको एक बजे प्रदेश सभा हलमा सञ्चालन हुने जानकारी गरेका छन् ।

नेपालको संबिधान २०७२ को धारा १८३ को उपधारा १ बमोजिम कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले वैठक आव्हान गरेका पत्रमा जानकारी गरिएको छ ।

यसको सुचना प्रदेश सभाका सबै सदस्यहरुलाई समेत गरिएको छ । यो प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौ अधिबेशनको पहिलो वैठक हो ।