लिमीमा चौथो पटक हिमपात

फोटो क्याप्सन आईतबार लिमीको हल्जी गाउँमा हिमपात हुँदै । तस्बिर सौजन्य पाल्जोर तामाङ, लिमी

सि.टा. समाचरादाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीमा हिमपात हुँदा चिसो बढेको छ । दिनभर मसिनो हिमपात भई रहेको कारण चिसो बढ्दा स्थानीय प्रभावित भएका छन् ।

यसवर्षको चौथो हिमपात भएको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । यसअघि तीन पटक हिमपात भई सकेको थियो । निक्कै मसिनो हिउ परि रहेको कारण ढिलो गरि हिउ जमिनमा जम्न थालेको हो ।

हिउ पर्ने क्रम जारी रहेको कारण चिसो बढ्दा स्थानीयको जनजीवन प्रभावित भएको छ । जमिनमा एक इन्ची हिउ जमेको र हिउ पर्ने क्रम जारी रहेको छ ।

त्यसैगरि लाप्चा र लिमी प्रवेश गर्ने नाका न्यालु लेकमा बाक्लो हिउ परेको उनले बताए । अघिल्लो हिउ लिमी प्रवेश गर्ने नाकामा जमेको र त्यसमा पून थपिएपछि लिमी आउजाउ पुर्ण रुपमा बन्द भएको छ । पटक पटक हिमपात भई रहेको कारण स्थानीय भने खुसी देखिएका छन् ।

उनीहरु खेतीपाती राम्रो हुने भएपछि खुसी देखिएका हुन । यता दिउसैबाट हिउ पर्ला जस्तो देखिएका सदरमुकाम सिमकोटबो आसपास क्षेत्रका अग्ला हिमालमा पनि हिउ परेको छ । यद्यपि सदरमुकाम सिमकोटमा भने हिउ पर्न सकेको छ्रैन ।