भूमि समस्या समाधान आयोगको हुम्लाको अध्यक्षमा रोकाया

फोटो क्याप्सन अध्यक्ष रोकाया । तस्बिर ः फाईल फोटो

सि.टा समाचारदाता
सिमकोट । भूमि समस्या समाधान आयोग हुम्लाको अध्यक्षमा सिमकोट गाउँपालिका– ५ निवासी नरबहादुर रोकाया चयन भएका छन् । भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै रोकायालाई हुम्लाको अध्यक्षमा चयन गरिएको हो ।

भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम देशभरका बिभिन्न जिल्लाका अध्यक्षहरु चयन गर्ने क्रममा हुम्ला जिल्लाका लागि रोकाया परेका हुन । मन्त्रीस्तरको निर्णय मन्त्रालयले सोमबार गरेको हो ।

मन्त्रालयले अध्यक्षमा रोकायाको नियुक्तीले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीको समस्या समाधानमा सकृय योगदान पुग्ने बिस्वास गरिएको छ । रोकाया नेपाली काँग्रेस निकट रहेका छन् ।

हुम्ला जिल्लामा यसअघि रोकाया प्रधानपञ्च, क्षेत्रीय सदस्य, उद्योग बाणिज्य संघको अध्यक्ष, निर्माण ब्यवसायी संघको अध्यक्ष, रेडक्रसको अध्यक्ष , नेत्र ज्योति संघको अध्यक्ष लगाएतका बिभिन्न सामाजिक क्षेत्रमा रहेर काम गरि सकेक छन ।