सि.टा. समाचरादाता
सिमकोट । सर्केगार्ड गाउँपालिका पुर्व अध्यक्ष कृष्ण बहादुर रोकायालाई मातृ शोक परेको छ । सर्केगार्ड गाउँपालिका पुवैअध्यक्ष रोकायाकी आमा रामसरा बुढाथोकीको गयराती राती आफ्नै घरमा नियन भएको हुँदा उनलाई मातृ शोक परेको हो ।
मृतक बुढाथोकी सर्केगार्ड गाउँपालिका– ८ को राहदेव गाउँकी स्थायी बासिन्दा हुन । ८३ वर्षकी बुढाथोकी लामो समयदेखि बिरामी थिईन । उनको यगराती आफनै निवासमा उपचारका क्रममा निधन भएको हो ।

थपाले ब्यासी समुदायको धार्मिक संस्कार अनुसार शनिवार दिउसो बुढाथोकीको अन्तिम संस्कार गरिने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति हुम्लाका संयोजक डा. दिपेन्द्र रोकायाले एक शोक बक्तव्य निकालेर जानकारी गराएका छन् ।
मृतक बुढाथोकीका दुई छोरा, चार छोरी र २९ जना नाती नातिनाहरु रहेका छन् । मृतक बुढाथोकीलाईमाओवादी केन्द्र हुम्लाले शोक बिज्ञप्ती निकालेर श्रद्धान्जली दिदै शोकाकुल परिवारमा सदस्यहरुलाई समवेदना समेत दिएको छ ।
















