कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई काँग्रेसको निर्देशन

सि.टा. समाचरदाता
सिमकोट । कर्णाली प्रदेशको नेपाली कांग्रेसको संसदीय दल कार्य समिति र दलको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूबिचको संयुक्त बैठक वसेको छ । बैठकमा काँग्रेसबाट सरकारका प्रतिनिधित्व गर्ने मन्त्रीहरुले हालसम्म सरकारमा रहँदा गरिएका कार्यहरुको बिबरण पेश गरेका थिए ।

बैठकमा दलबाट सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका उद्योग पर्यटन वन र वातावरण मन्त्री सुरेश अधिकारी र जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले आ–आफ्नो मन्त्रालय मार्फत गरिएका कामहरुको जानकारी गरेका थिए ।

बैठकमा उपस्थित हुन नसकेका आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले भर्चुअल माध्यमबाट आफ्नो मन्त्रालयको कामको वारेमा जानकारी गरेका थिए । बैठकमा संसदीय दल नेता मा जीवनबहादुर शाही र नेपाली काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको उपस्थिती रहेको थियो ।

बैठकमा नेताद्धयले गठबन्धन सरकारको स्पिरिट अनुसार जनतालाई सेवाहरु दिन ुपर्ने कुराहरू, सरकारका काम कारवाही प्रभावकारी बनाउन गर्नुपर्ने, कामको योजना र रणनीति जस्ता विषयमा प्रभावकारीता ल्याउन निर्देशन दिएका थिए ।