हुम्लाका न्यून बिधार्थी हुने विद्यालयहरुको सङ्ख्या बढ्दै

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका सात वटा गाउँपालिकाका विद्यालयहरु वर्षेनी बिधार्थीहरु घट्ने क्रम जारी रहेको पाईएको छ । भुगोल ठुलो र एक वस्तीबाट अर्को बस्तीमा पुग्न समय लाग्ने भएको कारण बस्ती पिच्छे विद्यालय सञ्चालन गरिदा यस्तो अबस्था आएको हो ।

शिक्षा बिकास तथा समन्वय इकाईले उपलब्ध् गराएको पछिल्लो बिबरण अनुसार जिल्लामा सञ्चालनमा रहेका जम्मा विद्यालयहरु मध्य बिधार्थीहरु घट्ने क्रम वर्षेनी बढ्दै गएको छ । हुम्लामा एक सय पैतालीस सामुदायीक, एउटा धार्मिक र पाँच वटा संस्थागत गरि १५१ वटा विद्यालयहरु रहेका छन् ।

इकाईका अनुसार यसरी एक सय जना भन्दा कम बिधार्थीहरुले अध्ययन गर्दै आएका विद्यालयहरुमा नाम्खामा १३, सिमकोटमा दश, खार्पुनाथमा नौ, सर्केगार्डमा १८, चङ्खेली गाउँपालिकामा १७, अदानचुली गाउँपालिकामा सात र ताँजाकोट गाउँपालिकामा आठ वटा विद्यालयहरु रहेका छन् ।

हाल गाउँपालिका अनुसार संख्यात्मक हिसावले नाम्खामा १४, सिमकोटमा २५, खार्पुनाथमा १७, सर्केगार्डमा ३३, चङ्खेलीमा २४, अदानचुलीमा बीस र ताँजाकोट गाउँपालिकामा १७ वटा विद्यालयहरु रहेका छन् । जिल्लामा रहेका ५४ दशमलव तीस प्रतिशत विद्यालयहरुमा एक सय भन्दा कम बिधार्थीहरुले अध्ययन गर्दै आएका छन ।

यस्तो बिधार्थी सङ्ख्या रहेका विद्यालयहरु अधिकाँस बालबिकासदेखि कक्षा आठसम्म अध्ययन गर्ने विद्यालयहरु रहेका छन् । पछिल्लो समय गाउँपालिका केन्द्र, सदरमुकाम र जिल्ला बाहिर अध्ययन गर्न जाने बिधार्थीहरुको सङ्ख्या बढेपछि दुरदराजका विद्यालयमा अध्ययन गर्ने बिधार्थीहरु कम हुँदै गएको पाईएको होे ।

यो बिचमा नाम्खा गाउँपालिकामा दुई र सिमकोट गाउँपालिकामा एउटा विद्यालय बिधार्थी नभए कै कारण बन्द गरिएका छन् । जिल्ला कुल जम्मा विद्यालयहरुमा सत्र हजार भन्दा बढी बिधार्थीहरु अध्ययन गर्दै आएका छन् । यसका लागि प्रावि, निमावि, मावि, कक्षा एघार र बाह्रका लागि दरबन्दी र राहात गरि ५२३ जना शिक्षकहरु कार्यरत रहनु भएको छ ।

सात वटा विद्यालयमा तेह्र भन्दा कम बिधार्थी यसैबिच जिल्लामा रहेका जम्मा विद्यालय मध्य सात वटा विद्यालयमा तेह्र जना बिधार्थीहरु अध्ययन गर्दै आएको इकाई प्रमुख आलेमगरले बताए । यसमा नाम्खा गाउँपालिका खृपानी आविमा चार जना, नमोबुद्धमा छ जना बिधाथीहरु रहेका छन भने सिमकोट गाउँपालिकाको महाकालमा दश जना, जनज्योतिमा १३ जना र सर्किदेउ आविमा ११ जना बिधार्थीहरु अध्ययन गर्दै आउनु भएको छ । सर्केगार्ड गाउँपालिकाको जनप्रेमी आविमा पनि बाह्र जना बिधार्थीहरुले अध्ययन गर्दै आएका छन