कर्णाली प्रदेश सभामा पुर्बमुख्यमन्त्री शाहीको सरकारको काम कारवाही प्रति प्रश्ना

फोटो क्याप्सन तस्बिर ः प्रदेश सभामा बोल्दै नेता शाही । तस्बिरः प्रदेश सभाको सचिवालय

सि.टा.समाचारदाता
सिमकोट । तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त सरकारसँग भएका आठ बुँदे सहमति कार्यान्वयनको अवस्थाबारे पाँच दिनभित्र जानकारी गारनउ कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले चेतावनी दिएका छन् ।

सोमबारदेखि सुरु भएको प्रदेशसभा बैठकमा बोल्दै पुर्वमुख्यमन्त्री समेत रहेका नेता शाहीले आठ बुँदे सहमति कार्यान्वयन नभएको बताउँदै तत्काल कार्यान्वयनको अवस्था सार्वजनिक गर्न पाँच दिनको समय दिएका हुन् ।

सभा बोल्दै यसै साताभित्र आठ बुँदे सहमति कार्यान्वयनको अवस्थाका बारेमा जानकारी दिन माग गर्दै संसदीय दलका नेता शाहीले यदि कार्यान्वयन नभएको पाइए पवित्र गठबन्धन गर्नेहरू बस्नुहोला हामी सरकारबाट बाहिर बस्ने बताए । गत असार १७ गते भएको सहमति अनुसार व्यक्तिको नाम, निजी फर्महरूको नामसहित आएको बजेट कार्यान्वयन नगर्ने, क्रमागत र बहु वर्षीय आयोजनाहरूको प्राथमिकता निर्धारण गरेर निर्माण कार्यलाई अघि बढाउने, कृषि, सशर्त, क्रमागत र मर्मत तर्फबाहेक अन्य निर्माणको हकमा १५ लाख र भवन तथा सडक निर्माणतर्फ ३० लाख भन्दा मुनिका योजनाहरू कार्यान्वयन नगर्ने, समपूरक, विशेष र सशर्त अनुदानतर्फ विधि प्रक्रिया पूरा गरी आएका तर छुट भएका पालिकालाई बजेटमा समावेश गर्ने सम्झौता भएको सभामा उनले स्मरण गराए ।

उक्त सम्झौता आफ्नै पार्टीसमेत सहभागी भएको सरकारले कार्यान्वयन नगरेपछि शाहीले संसद्मा आक्रोश मात्रै पोखेनन सरकारबाटै बाहिरिने तयारी पनि गरिरहेके जानकारी दिए । पूर्व मुख्यमन्त्रीसमेत रहेका शाहीले सरकार छोड्दा कारबाही भोग्न परेपनि आफू तयार रहेको बताए ।

यता सरकार छोड्दा कारबाहीको पनि तयारी होला, त्यो पनि भोग्न तयार रहेको बताउदै उनले अन्याय सहेर सरकारमा नवस्ने बताए । शाहीले कांग्रेस र माओवादी केन्द्रबिच सरकार बन्दा अपवित्र गठबन्धन भन्ने एमाले संसदीय दलका नेता कँडेल अहिले कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेको बताउँदै अहिलेको गठबन्धनलाई के भन्ने भनेर प्रश्न गरे । जुन बेला कांग्रेसलाई छोडेर माओवादी एमालेसँग गयो, त्यति बेला पवित्र गठबन्धन थियो होला ।

माओवादी कांग्रेससँग मिल्न आउँदा अहिलेका मुख्यमन्त्रीले अपवित्र गठबन्धन भनेको सम्झाउदै उनले प्रश्न गरे । अहिले कांग्रेससँग मिलेर सरकार चलाई रहेको यो कस्तो गठबन्धन होला भनेर प्रश्ना समेत गरे ।शाहीले अहिलेको गठबन्धन सरकारलाई निरन्तरता दिने हो भने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाका विषयमा गम्भीर भएर सोच्नुपर्ने बताए ।

संघ र प्रदेशको समपूरकका विषयमा थाहा नपाउने अनि सम्झाउन खोज्दा फोन नउठाउने मन्त्रीले यसरी अहिलेको गठबन्धन सरकार अगाडि बढ्न सक्दैन, भौतिक पूर्वाधार मन्त्रीका बारेमा पुनर्विचार गर्नुृ पर्ने उनले बताए । उनले जिल्ला भ्रमणमा जाँदा समपूरक बजेटका विषयमा मतदाताले प्रश्न उठाएपछि त्यसको विषयमा बुझ्न पटक–पटक फोन गरेपनि नउठेको बताए।

मन्त्रीको फोन नउठेपछि मुख्यमन्त्रीसँग समपूरक बजेटका विषयमा कुरा राखेको बताए । यदि यो सरकारलाई निरन्तरता दिने हो भने भौतिक पूर्वाधार मन्त्रीको स्थिति के हुने हो, सबैभन्दा ठूलो दलको नेताको फोन नउठाउने भन्दै मन्त्री बुढाका बारेमा सोच्नु पर्ने बताए ।

समपूरकतर्फको बजेट फ्रिज गए त्यसको जिम्मेवारी कसले लिने हो र त्यसको जवाफ दिन पनि माग गरे । अघिल्लो वर्ष १८ करोड फ्रिज गयो, अहिले पनि त्यही अवस्था रहेको बताउदै त्यस बारेमा पनि बिचार गर्नु पर्ने बताए ।

शाहीले तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले आफूसँग सल्लाह नै नगरेर गाडी सुविधा दिने निर्णय गरेर आफ्नो बदनाम गर्न खोजेको आरोप लगाए ।