प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा कार्यक्रम संचालन आग्रह

फोटो क्याप्सन मुख्यमन्त्री कँडेल र राजदुत जोन्स्टन मुख्यमन्त्री कार्यालयमा । तस्बिर ः सौजन्य मुख्यमन्त्री कँडेलको सचिवालय

सञ्चार समाचरादाता
सिमकोट । नेपालका लागि अष्ट्रेलियाका राजदुत लियान जोन्स्टन र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलबिच भेटबार्ता भएको छ । मंगलबार मुख्यमन्त्री कार्यालयमा उनीहरुबिच भेटघाट भएको हो ।

मुख्यमन्त्री कार्यकक्षमा भएको भेटघाट र छलफल दातृ निकाय र विकास साझेदार संस्थाहरूले प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा कार्यक्रम संचालन आग्रह गरेको मुख्यमन्त्री कँडेलले बताए ।

यसो गर्न सके साझेदारी गर्न सहज हुने र कार्यक्रम प्रभावकारी हुने सुझाव राजदुतलाई दिएको मुख्यमन्त्री कँडेलले बताए । बिकास साझेदारले आफ्नै किसिमले काम गरिएको भन्ने कुरा कर्णालीमा आई रहेका बेला मुख्यमन्त्री कँडेलले यस्तो सुझाव दिएका छन् ।