लोग भण्डारी
सिमकोट । राष्ट्रिय बाणिज्य बैंक हुम्ला शाखाले आफ्ना असल ऋणीका रुपमा सिमकोट गाउँपालिका– ७ का वडा अध्यक्ष बलविर शाहीलाई सम्मान गरेको छ । बैंकको ६० औं बार्षिक उत्सवको अवसरमा उनी लगाएत अन्यलाई पनि कदर पत्र प्रदान गरेर सम्मान गरेको हो ।
राष्ट्रिय बाणिज्य बैङ्क हुम्लाा शाखाका प्रबन्धक दिपक शाहबका अनुसार ार्षिक उत्सवको अवसर पारि हालसम्म सवै भन्दा बढी ऋण लिएर कारोवार गर्ने तीन वटा फर्महरु सम्मान गर्ने कार्य भएको छ ।
बैङ्कले सम्मान गरेका असल ऋणीहरुमा आसिस किराना पसलका राजबहादुर बस्नेत, जडिबुटी खरिद केन्द्रका वडा अध्यक्ष शाही र हाइल्याण्ड हर्वल एण्ड एग्रो प्रोडक्ट प्रालिका छक्कबहादुर लामा रहेका छन् ।
उनीहरु तीनै जनाले बैङकबाट सवै भन्दा बढी ऋण लिएको र समय मै किस्ता, ब्याज भुक्तानी गर्ने कार्य नियमित गर्ने गरेका छन् । यस्तो ऋणको कारोवार गर्ने ऋणीलाई प्रोत्साहन गर्नका लागि कदर पत्र प्रदान गरिएको होे ।
त्यसैगरि बैङ्कमा सबै भन्दा बढी निक्षेप गर्ने तीन जना ब्यक्तिहरुलाई पनि सोही अवसरमा सम्मान गरेको छ । यसरी बढी राष्ट्रिय बाणिज्य बैङ्कमा बढी निक्षेप गर्ने तीन जनाहरुमा तीर्थ बहादुर बुढा, छटुप लामा र छेपााल लामा रहनु भएको छ । उनीहरुलाई पनि बैंङ्कले सम्मान पत्र प्रदान गरेर सम्मानीत गरेको हो ।
























