स्वास्थ्य संस्थाहरुको गुणस्तर लेखाजोखा सम्पन्न

फोटो क्याप्सन स्वास्थ्य संस्थामा लेखाजोखा हुँदै । तस्बिर ः सौजन्य नरबहादुर भण्डारी

सि.टा. समाचरादाता

सिमकोट । सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको नियमित तत्थ्याङ्क गुणस्तर लेखाजोखा गर्ने कार्य सम्पन्न भएको छ । बस्ती स्तरमा स्थापना गरिएका स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय स्वास्थ्य प्रदान गर्नका लागि सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले यो काम गर्दै आएको हो ।

पालिका भित्रका सबै १२ वटा स्वास्थ्य सस्थामा उक्त कार्य सम्पन्न भएको शाखा प्रमुख नरबहादुर भण्डारीले बताए । प्रमुख भण्डारीको उपस्थितीमा सो कार्य गरिएको हो ।

यसमा सबै तथ्यांकहरु खोप, पोषण , सुरक्षित मातृत्व, परिवार नियोजन, क्षयरोग लगाएतका बिषयमा गुणस्तर लेखाजोखा भएको थियो ।

विशेष गरि यसमा सास्थ्य सस्थामा प्रदान भएको सेवा रजिष्टरमा रेकर्डिङ भएको तथ्यांक , समायोजन फारम ट्यालिसिटको प्रयोग, मासिक अनुगमन पुस्तिका, मासिक प्रगती प्रतिबेदन र सफ्टवेयरमा तथ्यांकको एकरुपता र गुणस्तर को अवस्थाका बारेमा लेखाजोखा गरिएको थियो ।

स्थलगत रुपमा हेर्दा गत वर्ष भन्दा समग्रमा सवै स्वास्थ्य संस्थाको अवस्था राम्रो रहेको उनले बताए । यो काम गर्न एक हप्ता समय लागेको थियो ।