सि.टा.समाचारदाता
सिमकोट । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ सिमकोट गाउँपालिका– २ कार्य समिति गठन गरिएको छ । महिला संघको संगठन बिस्तार वडा तहसम्म पर्ने कार्यक्रम अनुसार एघार सदस्यीय वडा कार्य समिति गठन गरिएको हो ।
नेपाल महिला संघको वडा कार्य समिति गठन भएको नेपाली काँग्रेस सिमकोट गाउँपालिका– २ का सभापति गोर्ख बोहराले बताए । एघार सदस्यीय समितिको अध्यक्षमा बाँचु, उपाध्यक्षमा धान्न भण्डारी, सचिवमा दिफ बोहरा, कोषध्यक्षमा उज्याली परियार सर्वसम्मत चयन भएका छन् भने सदस्यहरुमा तुली भण्डारी, कलमधरा बोहरा, पाउसरा सुनार, राजकुरा परियार, जानकी बोहरा र बाँचु सुनार चयन भएकी छन् । नेपाली काँग्रेस वडा कार्य समितिको अगुवाईमा महिला संघ गठन गरिएको हो ।












