प्रेश चौतारीको स्थापना दिवसमा दुई जना सम्मानीत

फोटो क्याप्सन एमाले उपाध्यक्ष शाही प्रेश चौतारीका केन्द्रीय सदस्यलाई सम्मान गर्दै । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । प्रेश चौतारी निकट दुई जना सञ्चारकर्मी सम्मानीत भएका छन् । प्रेश चौतारीको २७ औं स्थापना दिवसको अवसरमा उनीहरुलाई प्रेश चौतारी नेपाल हुम्ला शाखाले सम्मान गरेको हो ।

सम्मानीत हुने सञ्चारकर्मीहरुमा प्रेश चौतारीका केन्द्रीय सदस्य रमेश ऐडी र केही दिन अगाडी समाजवादी प्रेश संगठनबाट केही दिन अगाडी प्रेश चौतारी प्रवेश गरेका मिमसिंह नेपाली रहेका छन् ।

ऐडी केही समय अगाडी प्रेश चौतारीको केन्द्रीय सदस्यमा मनोनित भएका थिए । हालसम्म उनीहरुले संगठनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्ने कार्य भएको प्रेश चौतारी हुम्लाका अध्यक्ष नन्द सिंहले बताए ।

सम्मानीत हुने दुवै जनालाई एमाले उपाध्यक्ष प्रकाश बहादुर शाहीले सम्मानपत्र प्रदान गर्दै खादा तथा अविर लगाईएको थियो । एक कार्यक्रमको आयोजना गरि प्रेश चौतारीले हुम्लामा आफ्नो स्थापना दिवस मनाएको हो ।