भूमि समस्या समाधान आयोग हुम्लाका अध्यक्ष रोकायाले पदभार ग्रहण गर्दै

सि.टा.समाचरदाता
सिमकोट । भूमि समस्या समाधान आयोग जिल्ला कार्य समिति हुम्लाका अध्यक्ष नरबहादुर रोकायाले पदभार ग्रहण गर्ने भएका छन् । बिहीबार एक कार्यक्रमको आयोजना गरि अध्यक्ष रोकायाले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको हो ।

केही दिन अगाडी आयोगले हुम्ला जिल्लाको अध्यक्ष पदमा रोकायालाई नियुक्त गरेको थियो । रोकायाले पद तथा गोपनीयताको सफथ भने काठमाडौं मै लिई सकेका छन् । रोकाया जिल्लामा आई पुगे लगत्तै पदवहाली कार्यक्रम हुन लागेको हो ।

माघ २५ गते बिहान ११ वजे जिल्ला समन्य समितिमा रहेको कार्यालयमा अध्यक्ष रोकायाको पद वहाली हुनेछ । कार्यक्रममा सरोकारवाला पक्षलौ आमन्त्रण गरिएको छ । बिज्ञ सदस्य र अन्य सदस्यहरु पनि नियुक्त भई सकेका छन् ।