
सञ्चार समाचारदाता
सिमकोट । गत पुस २९ गते सरकारले नियुक्त गरेका भूमि समस्य समाधान आयोग हुम्लाका अध्यक्ष नरबहादुर रोकायाले पत्रकारसंग भेटघाट कार्यक्रम आयोजना गरेका छन् । आयोग बारे जानकारी गराउनका लागि आईतबार सो भेटघाट कार्यक्रम राखिएको हो ।
उक्त कार्यक्रममा अध्यक्ष रावतले आगोगले भूमि हिन, सुकम्वासी र अव्यवस्थित वसोवासीले लालपुर्जा पाउनका लागि सहजकर्ताको काम गर्ने जानकारी दिए । उनले निष्पक्ष र सवैको सहकार्यमा काम गर्ने र जिल्लामा पाउनै पर्ने ब्यक्तिहरुको पहिचान गर्न वडा र गाउँपालिकाको सहयोग आवश्यक रहेको जानकारी दिए ।
वडा बिज्ञ सदस्य र अन्य दुई जना सदस्यहरु समेत नियुक्त भई सकेको कारण आयोगले हुम्लामा काम चाँडै सञ्चालन गर्ने पनि जानकारी दिए । पहिलो कुरा एक वर्षे कार्य योजना निर्माणको काममा आफु लाग्ने र त्यस लगत्तै जिल्लाका ४४ वटा वडा मै पुगेले आयोगले गर्ने कामका वारेमा अभिमूखिकरण गर्ने उनले बताए ।
हुम्लामा भूमि हिन र सुकुमवासीको संख्या ज्यादै न्यून भएको र अव्यवस्थित वसोवासीको पहिचान गर्न पनि सहज नभएको उनको भनाई छ । उनले अहिले सरकारले ल्याएको यी तीनै क्षेत्रका सेवाग्राही छनौट गर्ने कार्यबिधि हिमाली जिल्लाका लागि उपयुक्त नदेखिएको समेत बताए ।
अध्यक्ष रोकायासंग सञ्चारकर्मीहरुले बिभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा आयोगको सदस्य सचिव नापी कार्यालयका प्रमुख रामकृष्ण शाहीको पनि उपस्थिती रहेको थियो ।















