स्काभेटरसंग नदीमा फसेकाहरुको सकुशल उद्धार

फोटो क्याप्सन झुगोलामा नदीमा फसेको स्काभेटर । तस्बिर ः सौजन्य, कविराज कार्की, मुगु

लोग भण्डारी
सिमकोट । मुगु र बाजुरा जिल्लाको सिमाना झुगोलामा कर्णाली नदीमा स्काभेटर डुब्दा बेपात्ता भएरहरुको सकुशल उद्धार गरिएकाहरुको छ । । मुगुको खत्याड गाउँपालिका र बाजुराको हिमाली गाँउपालिका विच झुगोलाको कर्णाली नदीमा सो स्काभेटर पतर्ने क्रममा नदीको पानीमा फसेको थियो ।

उद्धार गरिएकाहरुको नाम र ठेगाना जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सिँजाका २३ वर्षीय भानु पछाई, सोही ठाउँका ३० वर्षीय सूर्य पछाई र १९ वर्षीय राजेन्द्र वड रहेको हुम्ला जिल्ला प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले बताए । उद्धार गरिएका मध्य सूर्य पछाई चालक हुन् ।

झण्डै तीन घण्टापछि विच नदीमा फसेकाहरुलाई हिमाली गाउँपालिकाको र्याफटिङबाट सकुशल नदी बाहिर ल्याईएको थियो । दिउँसो १ बजेबाट नदीमा स्काभेटरसंगै उनीहरु फसेका थिए ।

उद्दारको अन्य विकल्प नभएपछि गाउँपालिकामा रहेको र्याफटिङ र उद्दार कर्ता घटनास्थल पुगेका थिए । साँझ ४ बजे उहाँहरुको सकुशल उद्दार गरेर अहिले उनीहरु मुगुको खत्याड पठाईएको छ तर डोजर भने नदीको बिचमै रहेको छ ।

जुम्लाबाट मुगुको खत्याडहुँदै हुम्ला लैजाने क्रममा डोजर कर्णाली नदीबाट तार्न खोज्दा नदीमा फसेको थियो । डोजरलाई भने तान्ने मेशिन नहुँदा विच नदीमै रहेको प्रहरीले जनाएको छ ।