लोग भण्डारी
सिमकोट । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को कार्यसम्पादन मूल्याङ्कनमा सिमकोट गाउँपालिका उत्कृष्ठ ठहरिएको छ । सत्र वटा सुचकका आधारमा स्थानीय तहरुको कार्य सम्पादन मुल्याङ्कन गर्दा सबै भन्दा बढी अङ्क प्राप्त गर्दै सिमकोट यसवर्ष पछि उत्कृष्ट ठहरिएको हो ।
बित्त आयोगले सार्वजनिक गरेका बिबरण अनुसार सिमकोट गाउँपालिका उत्कृष्ट देखिएको हो । जिल्लाका सात स्थानीय तह मध्ये सिमकोट गाउँपालिकाले ७७ प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको छ भने खार्पुनाथ गाउँपालिकाले ७१ दशमलव एक प्रतिशत अङ्क प्राप्त गरी दोस्रो स्थानमा रहेको छ । यसैगरि ताँजाकोट गाउँपालिकाले ६१ दशमलव दुई अंक ल्याएर तेस्रो भएको छ ।
चङ्खेली गाउँपालिकाले ५७ दशमलव छ, अदानचुली गाउँपालिकाले ४९ दशमलव नौ प्रतिशत, सर्केगार्ड गाउँपालिकाले ४४ दशमलव चार प्रतिशत अङ्क पाएका छ भने सबै भन्दा कम नाम्खा गाउँपालिकाले ३९ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
आर्थिक वर्षको राजस्व र आय व्ययको अनुमान, समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनु पर्ने राजस्व समयमा पठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्च लगाएतका १७ वटा सूचाङ्कमा मूल्याङ्न हुने गर्दछ ।
सुशासन, समन्वय, पूर्वाधार, न्यायीक कुराहरु पनि सुचकमा राखिएका हुन्छन् । सिमकोट गाउँपालिकाका लेख अधिकृत बिशल बाहेराले शिक्षा, स्वास्थ्य, कर्मचारी जनप्रतिनिधिका तालिमका कुार पनि समेटिएको बताउनुभयो । नीति, नियम, कानुन बमोजिम काम भएन–भएको, बेरुजुका कुरा छन् त्यसलाई न्यूनीकरण गर्नुपर्छ ।
उहाँले शिक्षा र स्वास्थ्यमा उच्चतम हाशिल गर्ने हो, त्यसमा लागनी, त्यस्ता खालका कुरामा लगानी गर्दाखेरी उच्चम नम्बर आउने बताउनुभयो । शिक्षा, स्वास्थ्यका अङ्कसँगै, भौतिक पूर्वाधार, लेखाका सुत्र प्रणाली, बेरुजुका न्युकिरण लगाएत ती सबैलाई समेटेर अङ्क प्राप्त गर्न सकिन्छ ।
आयोगले कार्य सम्पादन मुल्याङ्कन सुरु गरेयता सिमकोट गाउँपालिका पहिलो वर्ष कर्णालीमा प्रथम भएको थियो भने हुम्ला जिल्लाका स्थानीय तहमा भने तेस्रो पटक पहिलो भएको छ । यो कार्यमा जिल्लामा उत्कृष्ट भए बापत आयोगबाट पचास लाख रुपियाँ अनुदान पाईन्छ ।
















