सि.टा.समाचारदाता
सिमकोट । नेपाली काँग्रेस जिल्ला कार्य समितिको वैठक शुक्रबार वस्ने भएको छ । सो बैठक नेपाली काँग्रेस जिल्ला कार्य समितिको नियमित बैठक हो ।
शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय बिपि स्मृति भवन सञ्चार टोलमा नेपाली काँग्रेसको जिल्ला कार्य समितिको बैठक वस्ने काँग्रेस हुम्लाका सभापति मोहन बिक्रम सिंहले जानकारी दिए । यो वैठक नियमित भएको र प्रत्येक तीन महिनाको एक पटक वस्ने बैठक हो ।
बैठकले पार्टीका क्रियाशिल सदस्यको नविकरण, नयाँ सदस्यता बितरणको अवस्था र नियमित शुल्कका बारेमा छलफल हुने उनले बताए । यसअघि काँग्रेसको नियमित वैठक महिनाको एक पटक वस्ने उल्लेख गरिएको भएपनि पछि तीन महिनाको एक पटक अनिवार्य उपस्थिती हुने गरि बैठक वस्ने भएको हो ।
वैठकमा पार्टीको पदाधिकारी र जिल्ला कार्य समितिका सदस्यहरुको उपस्थिती रहने भएको छ । यो वैठकमा भाग लिन पार्टी सभापति सिंह बिहीबार हुम्ला आई पुगेका हुन ।




















