भूमि आयोगका जिल्ला अध्यक्ष रोकाया सम्मानीत

नेपाली काँग्रेसको पार्टी कार्यलय बिपि स्मृति भवन । तस्बिर ः सि.टा. समाचारदाता

सि.टा.समाचारदाता
सिमकोट । नेपाली काँग्रेस जिल्ला कार्य समितिले भरखरै नेपाल सरकारद्धरा नियुक्त भएका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष नरबहादुर रोकायालाई स्वागत तथा सम्मान गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समितिको नियमित बैठकमा अध्यक्ष रोकायालाई सम्मान गरिएको हो ।

शुक्रबार दिउसो दुई वजे वसेको बैठकले अध्यक्ष रोकायालाई सम्मान गर्ने कार्य गरेको काग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहले जानकारी दिए । काँग्रेस भूमि आयोगको जिल्ला अध्यक्षमा नियुक्त भएको अध्यक्ष रोकायालाई स्वागत गर्दै खाँदा लगाएर सम्मान गरेको थियो ।

पार्टी कार्यालय बिपि स्मृति भवन सञ्चार टोलमा बसेको जिल्ला कार्य समितिको वैठकले फागुन २५ गतेसम्म प्रदेश सभापतिले कृयाशिल सदस्यहरुको नविकरण फारम जिल्ला कार्य समितिले बुझाउने निर्णय गरेको छ भने त्यसपछि नयाँ सदस्यता बितरण गरिनेछ ।

वैठक काँग्रेस हुम्लाका पार्टी सभापति सिंहको अध्यक्षतामा वसेको थियो भने पुर्वसभापति जयपति रोकाया, उपसभापति कैलाश भण्डारी, सचिव कृष्ण बोहरा, कोषध्यक्ष बबिता शाही लगाएतको उपस्थिती रहेको थियो ।