सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका अन्तर्गतका स्वास्थ्य सस्थाहरुको आ ब ०८१÷०८२ को स्वास्थ्य कार्यक्रमको अर्ध बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य संस्थाहरुका प्रमुखहरुको उपस्थितीमा हालसम्म गरिएको कामहरुको समिक्षा गर्ने कार्य भएको हो ।
गाउँपालिका अन्र्तगतका १२ वटा सस्थाहरुको पहिलो छ महिनाको समिक्षा गर्ने कार्य भएको स्वास्थ्य शाखा प्रमुख नरबहादुर भण्डारीले बताए । विशेष गरि स्वास्थ्यका सबै पक्षहरुको बिगत तीन बर्षको अर्धबार्षिक तथ्यांक र चालू आ.ब को पौष मसान्तसम्मको तथ्यांक प्रगतिको अबस्थाको बारे लेखाजोखा गर्ने कार्य भएको हो ।

सबै स्वास्थ्य संस्थाहरुको प्रगति खासै देखिने गरि परिवर्तन नभएको उनले बताए । स्वास्थ्य संस्था प्रमुखहरुले आआफ्नो प्रगति बिबरण प्रस्तुती गरेका थिए । प्रगति समिक्षाका सुचकहरुमा केहीमा बढेको, केही गतवर्ष जस्तै रहेको त केहीमा घटेका छन् । स्वास्थ्य सेवालाइ थप गुणस्तरीइ र जनताको सहज पहुच ल्याउने उपायहरु, आगामी दिनमा लक्ष्यितत प्रगति हासिल गर्नका लागि कमजोर तथ्यांकलाई सुधार गर्न कार्ययोजना तयार पार्ने कार्य भएको उनले बताए ।
सिमकोट गाउँपालिकामा स्वास्थ्य चौकी चार वटा, आधारभुत स्वास्थ्य सेवा केन्द्र तीन वटा र सामुदायीक स्वास्थ्य एकाई पाँच वटा रहेका छन् । कार्यक्रममा सहयोगी सस्था हरु सप्रोस नेपाल, वन हर्ट वल्र्डवाईड, स्वास्थ्य सेवा कार्यालयको पनि सहभागी रहेको थियो ।












