सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीबाट हालसम्म सम्पर्क बिहीन खार्पुनाथ गाउँपालिका– १ को गोक्पा गाउँ जनक बुढा र अनिता रावत पहिलो सन्ताज जन्माउने चाहाना खोसिएको छ । बाढीले सम्पर्क बिहीन बनाएपछि सात महिनाको गर्भवती उनीहरुको सो बाढीले उक्त सन्तान जन्माउने चाहानामा तुसारापात गरेको हो ।
छ महिना अगाडी बहिनी ज्वाई रसुवाको टिमुरेमा कामका लागि त्यता गएको अनिता रावतका दाई जगविर रावतले बताए । बहिनी सात महिनाको गर्भवती रहेको समयमा बाढीले बहिनी ज्वाई सम्पर्क बिहीन बनाएको बताउदै गर्भवती भएपछि बहिनी ज्वाईसंगै गएको उनले बताए ।
वर्ष अगाडी जनक बुढा र अनिता रावतले भागी बिबाह गर्नु भएको थियो । जनक बुढा खार्पुनाथ गाउँपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ भने अनिता रावत सिमकोट गाउँपालिकाकी स्थायी बासिन्दा हुन । श्रीमति गर्भवती भएको कारण हेरचाह र रेखदेखका लागि आफुसंगै लिएर जाने कुरा ज्वाईले आफुहरुलाई बताएको उनको भनाई छ ।
ज्वाईको कुरालाई आफुहरुले पनि सहमति दिएको उनले बताए । टिमुरेमा बुढाले गर्थेो भने अनिताले भाडाको कोठामा वस्दै आएकी थिईन । पहिलो सन्तान जन्माउने तयारीमा रहेका बहिनी र ज्वाईका ईच्छा ईच्छा मै सिमित हुन गएको उनले बताए ।
जनक बुढाका घरमा अरु दाई भाई आमावुवा भएपनि उनीहरुलाई छुटिएर वसेका थिए । रसुवा जानु भन्दा अगाडी आफुले ज्वाईलाई हुम्लामा पनि काम पाउने भएको कारण यतै गर्न सुझाव दिएको भएपनि ज्वाईबाट उता राम्रो कमाई हुने जवाफ आएको उनले बताए ।
भदौ १० गते बाढी आएको दिनमा पनि अनिता कोठा मै बस्नु भएको र ज्वाई भने सिमापास नविकरणका लागि सदरमुकाम धुन्चे जाने क्रममा बाटोमा बाढीमा परेको खवर आएको हो । जिवित खवर आउने आशा मारि सकेका उनले लाश भएपनि पाउन पाएको भए राम्रो हुने भनाई उनको छ । खर्चका हिसावले पनि सम्पर्क बिहीनको खोजीमा जान सहज र्छैन ।
























