राजन रावत
कर्णाली प्रदेश र पर्यटन क्षेत्रसंग प्रत्यक्ष फाईदाको संभावना जोडिएको कर्णाली करिडोरको निर्माण कार्यले चाँडै पुर्णता पाए बिकासको बाटो मात्र खुल्नै छैन । कर्णालीको सम्बृद्धिसंग यसको भविष्य जोडिएको छ । अझ भनौ यो उत्तर दक्षिण लोक मार्गको निर्माणले सिङ्गो राज्यको आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रको बिकासमा टेवा पुग्ने कुरामा दुई मत देखिदैन । जति यो राष्ट्रिय गौरभको आयोजनालाई छिटो काम हुन सक्ने हो भने यसबाट फाईदै फाईदा मात्र देखिएका छन् ।
राष्ट्रिय गौरभको आयोजना कर्णाली करिडोर
दक्षिणको भारत र उतरको चीनलाई जोड्ने मुख्य सडक हो कर्णाली करिडोर । कर्णाली प्रदेशको बिकास र सम्बृद्धिको मेरुदण्डको रुपमा हेरिएको करिडोरको काम अहिले अन्तिम चरणमा पुगेको छ । यद्यपि कतै सुस्त गतिमा काम नभएको भने होइन । केही स्थानमा भने प्रकृतिले पनि काममा तिब्रता दिन पनि बाधा पुर्याएको छ ।
कालिकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म १९६ किलो मिटर लम्बाई रहेको छ । यो बाँकेको जमुना नाका हुँदै कर्णाली राजमार्ग र कालिकोटको खुलालु देखि बाजुरा हुँदै हुम्लाको सिमकोटबाट हिल्सा हुँदै मानसरोवर कैलाशको यात्रा तय गर्न सहज हुनेछ ।
कर्णाली प्रदेश सरकारले कर्णाली करिडोरलाई जमूना सिमकोट हिल्सा प्रधानमन्त्री दु्रत मार्गका रुपमा नामाकरण गरि सकेको छ । दुई वर्ष अघिदेखि कालिकोटको खुलालु देखि बाजुरा र हुम्लाको सिमाना कवाडी हुदै सलीसल्लासम्मको १८४ किलो मिटरमा सडक निर्माण कार्य पुरा भएर गाडी समेत गुडी रहेको अबस्था छ ।
यस अन्र्तगत कालिकोटमा ४० किलो मिटर, बाजुरामा ४३ र हुम्ला खण्डमा १०१ किलो मिटर सडक पर्छ । कुल १८४ किलो मिटर मध्य ५१ किलो मिटरमा सडक बिभागले काम गरेको हो भने १२३ किलो मिटरमा नेपाली सेनाले काम गरेको थियो । यो सडक २०७१ साल चैत्र ९ गते जब नेपाली सेनालाई जिम्मा लगाइएको थियो ।
सेनाले यो काम २०७८ असार ३१ गते पुरा गरेर हस्तान्तरण समेत गरि सकेको छ । सुर्खेतको बाँगेसल्लादेखि दहीखोलासम्म १२६ किलोमिटर कर्णाली राजमार्ग नै पर्ने भएकाले पक्की सडक छ । कालिकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक करिब १२२ किलोमिटर रहेको छ । जुन सेनाले काम सम्पन्न गरेर बुझाई सकेको छ । अहिले यो खण्डमा यातायात समेत सुचारु हुँदै आएका छन् ।
कालीकोट खण्डको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि पचालझरना गाउँपालिकाको लैफुसम्मको ४० किलोमिटर क्षेत्रमा पर्ने खुलालु खोलामा १३० फिटको बेलिब्रिज निर्माण र खुलालुकै करिब दुई किलोमिटर क्षेत्रको चट्टान फुटाउने काम सम्पन्न गर्न नेपाली सेनाको निर्माण कार्यदल सफल भएको थियो ।
कर्णाली प्रदेशको विकासको मेरुदण्ड मानिएको कर्णाली करिडोरको बाँकी हुम्ला खण्डको काम ट्रयाक खुलाउने कार्य भएको छ । यो सडकले निर्माण कार्यमा पुर्णता पाए राष्ट्रिय राजमार्गले नछोएको हुम्लाका सदरमुकाम सुन्दर सिमकोट सडक सञ्जालसित जोडिने छ ।
कर्णाली करिडोरको विभिन्न खण्ड निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएपछि यो करिडोर निर्माणले गति लिएको थियो । सेनाले छारेको चट्टान छिचोलेपछि नदी तरेर गाडीहरु सिमकोट आई पुग्न सफल भएका छन् ।
यसमा सलीसल्ला देखि दुल्ली कुनासम्म सडकको ट्रयाक खोल्ने कार्य पुरा भई सकेको छ । यता करिडोरकै खार्पुबाट लाली बगरसम्मको सडक निर्माण कार्य पनि पुरा भएको छ । अब दुल्ली कुनादेखि लाली बगरसम्मको सात किलो मिटर चट्टानी क्षेत्रमा पनि सडक निर्माण भई रहेको छ तर सेनाले केही काम बाँकी रहेको भन्दै औपचारिक रुपमा यातायातका साधन सञ्चालन भई रहेका छन् । खार्पुबाट सिमकोटसम्मको १२ किलो मिटर सडकमा खार्पुदेखि स्याम्नेसम्म सडक निर्माण कार्य सम्पन्न भई सकेको छ । स्याम्नेबाट सिमकोटसम्म पनि सडक निर्माण कार्य भई रहेको छ ।
हालको कर्णाली प्रदेशमा दश वटा जिल्ला पर्छन । यसमा सुर्खेत, दैलेख, जाजारकोट, रुकुम पश्चिम र सल्यान जिल्ला पहिले नै राष्ट्रिय सडक सञ्जालसंग जोडिएका थिए । तर साबिकको कर्णाली अञ्चलका पाँच वटा जिल्लामा निक्कै पछि मात्र राष्ट्रिय सडक सञ्जाल जोडिएको छ । अझै पनि हुम्ला जिल्ला पुर्ण रुपमा जोडिन बाँकी नै छ ।
कर्णालीको अर्को हिमाली जिल्ला डोल्पा आंसिक रुपमा राष्ट्रिय सडक सञ्जालसंग जोडिएको छ । तर हाल जिल्लाभित्र पर्ने चार वटा पुल नबनेको कारण यातायात सेवा नियमित सुचारु भने हुन सकेको छैन । यता कर्णाली अर्को जिल्ला जुम्लामा २०६३ सालमा राष्ट्रिय सडक सञ्जालसंग जोडिएको थियो । हुम्ला जिल्ला भने अहिलसम्म पनि सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसंग जोडिएको छैन् ।
हुम्ला जिल्लाका दक्षिणी क्षेत्रका ताँजाकोट, अदानचुली चंखेली र सर्केगार्ड गाउँपालिका कर्णाली करिडोरसंग जोडिएका छ । यसका लागि २०७८ साल असार ३१ गते कालिकोटको खुलालु देखि हुम्ला जिल्लाको सलीसल्लासम्मको १२२ किलो मिटर सडकको निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरिएको थियो । यसमा हुम्ला जिल्लाको कवाडी देखि सलीसल्लासम्म ३९ किलो मिटर सडक पर्छ ।
सलीसल्लामा बेलिब्रीज बनि सकेको अबस्था छ । सो पुल बनेपछि चंखेली र सर्केगार्ड गाउँपालिका पुर्ण रुपमा राष्ट्रिय सडक सञ्जालसंग जोडिएका छन् । उक्त खण्डको छारे खण्डको सबै भन्दा असजिलो चट्टानी भीर छिचोल्ने कार्यको जिम्मा नेपाल सरकारले नेपाली सेनालाई लगाएको र सेनाले आफ्नो जिम्मेवारी अनुसारको काम पुरा गरि सकेको छ । हुम्ला खण्डलाई छिचोल्न सके परिवर्तन नजिक देखिन्छ । अहिलेको काम गराई हेर्दा चाँडै सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसंग जोडिने छ तर त्यसका लागि सरकारले खार्पुको दोजाम कर्णालीमा बेलिब्रीज निर्माण गर्नु अति आवश्यक देखिन्छ । जुन सरकारले सेनालाई काम गर्न दिने निर्णय समेत भई सकेको छ ।
सस्तियो दैनिक उपभोग्य सामानको मुल्य
सडक जोडिएसंगै चार वटा गाउँपालिकामा दैनिक उपभोग्य सामानको मुल्य सस्तो भएको छ । यसअघि जुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसंग जोडिदा सामाग्रीको मुल्य सस्तिएको सुन्नु भएका ताँजाकोट गाउँपालिका
















