एमालेको जरा अभियान बाईस वटा वडामा सञ्चालन

फोटो क्याप्सन अदानचुली गाउँपालिकामा सञ्चालन भएको जरा अभियानका सहभागीहरु । तस्बिरः सि.टा.

लोग भण्डारी
सिमकोट । नेकपा एमालेको देश भर सञ्चालन भई रहेको जरा अभियान हुम्ला जिल्लाका बाईस वटा वडामा सञ्चालन भएको छ । गत माघ १४ गतेबाट सुरु भएको उक्त अभियान फागुन ११ गतेसम्म आई पुग्दा ती वडामा सञ्चालन भएको हो ।

जिल्ला सात मध्य छ वटा वडामा बाईस वटा वडामा जरा अभियान सञ्चालन भई सकेको एमाले हुम्लाका उपाध्यक्ष प्रकाशबहादुर शाहीले बताए । हाल जरा अभियान सञ्चालन भएका गाउँपालिकाहरुमा सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट रहेका छन् ।

यी गाउँपालिका ३८ वटा वडा रहेका छन् । अझै १६ वटा वडामा सो अभियान गर्न बाँकी नै रहेको छ । उनले प्रत्येक दिन जसो वडाहरुमा अभियान सञ्चालन भई रहेको बताए । अभियानका क्रममा वडा कमिटी, अगुवा कार्यकर्ता, संगठित सदस्यहरुको उपस्थितीमा खटिएका जिल्ला स्तरका नेताहरुले प्रशिक्षण दिने गरिएको छ ।

त्यसैगरि जरा अभियानमा वडा कमिटीलाई सशक्त बनाउने, नियमित बैठक वस्ने, संगठित सदस्यता नविकरण गर्ने, नियमित शुल्क उठाउने , स्थानीय तहहरुले गर्ने कामको लेखाजोखा गर्ने, लगाएतका विषयमा छलफल हुने गरेको उहाँले बताउनुभयो । उत्तरी नाम्खा गाउँ पालिकामा भने यो अभियान सुरु हुन सकेको छैन । केही समयमा सुरु गर्ने एमाले हुम्लाले जनाएको छ । यो अभियान फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।