एमाले अदानचुलीका सवै वडामा जरा अभियान सम्पन्न

फोटो क्याप्सन अदानचुली गाउँपालिकामा टोल कमिटी गठन पछि । तस्बिरः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । नेकपा एमाले अदानचु ग्उाँपालिकाका छ वटै वडामा पहिलो चरणको जरा अभियान सम्पन्न भएको छ । पहिलो चरणको अभियानले सबै वडामा बैठक वसेर कार्ययोजना समेत तयार गरेको हो ।

छ वटै वडामा बैठक बसी वडा केन्द्रीत ३ महिने (जरा) अभियानको कार्य योजना तयार भएर टोल कमिटी र भातृ संगठन गठन गने काम सुरु भएको एमाले अदानचुीका अध्यक्ष बुध भण्डारीले बताए । यस अन्र्तगत वडा नं ४ को बिगोटी टोल कमिटीमा रगे बुमीको नेतृत्वमा नौ सदस्य कमिटी गठन गरिएको हो । त्यसैगरि वडा नम्बर ३ मा फडेरा गाउटोलमा मिम फडेराको नेतृत्वमा कमिटी गठन गरिएको छ ।

अन्य वडामा टोल कमिटिी गठन चाँडै हुने एमाले अदानचुलीले जनाएको छ । नेकपा एमालेको देश भर सञ्चालन भई रहेको जरा अभियान हुम्ला जिल्लाका बाईस वटा वडामा सञ्चालन भएको छ । गत माघ १४ गतेबाट सुरु भएको उक्त अभियान फागुन ११ गतेसम्म आई पुग्दा ती वडामा सञ्चालन भएको हो ।