राप्रपा हुम्लाले आफ्नो पार्टी कार्यालय सार्यो

फोटो क्याप्सन राप्रपाको पार्टी कार्यालय भवन र अध्यक्ष महत आफ्नो सिटमा वस्दै । तस्बिरः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्ला शाखाले आफ्नो पार्टी कार्यालय सारेको छ । यसअघि काली चोकमा रहेको सो पार्टीको कार्यालयनेपाल टेलिकम रोडतर्फ सारिएको हो ।

आफ्नै भवन नभएको कारण पार्टी कार्यालय सार्ने क्रम जारी रहने राप्रपा हुम्लाका अध्यक्ष बिकास महतले बताए । उनले यसअघि काली चोकमा रहेको पार्टी कार्यालयलाई मंगलवारबाट टेलिकम रोडमा पर्ने पुरानो किडार्क कार्यालय रहेको भवनमा सरेको बताए ।

उनले जिल्लका ठुला पार्टीहरुको आफ्नै भवन भएपनि राप्रपाको आफ्नो भवन नभएको कारण कार्यालय सार्ने क्रम जारी रहने बताए । पार्टी कार्यालय सारेकोमा यसले पारेको सेवा प्रदायक र सेवाग्राहीलाई पर्ने असर प्रति दुःख राप्रपाले दुख समेत ब्यक्त गरेको छ ।