सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका हिमाली जिल्लामा बिहीबार रातीबाट हिमपात जारी रहेको छ । तिनै जिल्लाका वेसीतिर भने वर्षा भई रहेको हो । कर्णालीका डोल्पा, मुगु, कालिकोट, जुम्ला हुम्ला जिल्लाका उच्च क्षेत्रमा बाक्लो हिमपात भई रहेको हो ।
डोल्पा जिल्लाको उत्तरी क्षेत्रमा हिमपात भई रहेको छ ।
बिहीबार रातीबाटै हिमपात भई रहेको कारण यो हिमपात यसवर्ष कै सबै भन्दा ठुलो भएको हो । यता मुगु जिल्लाको उत्तरी क्षेत्रमा पनि हिमपात भई रहेको छ । त्यसैगरि हुम्ला जिल्लाको उत्तरी क्षेत्र सिमकोट र नाम्खा गाउपालिकामा बिहीबार रातीबाट हिमपात भई रहेको छ । बिहीबार राती एघार बजेवाट लगातार हिमपात हुने कार्य भई रहेको हो ।
लिमीमा हिमपात लगातार भई रहेको छ । लिमीको जमिनमा दुई फिट जति हिउ जमेको कारण लिमी क्षेत्र सेताम्मे देखिएको छ । हिमपात भएको कारण चिसो बढेको छ भने हिउ पर्ने क्रम जारी रहेको छ । लिमी तीन हजार आठ सयदेखि चार हजार दुई सय मिटर उचाईमा पर्छ ।
यो हिमपात लिमीको लाप्चा, ताक्ची, तुम्लिङ, न्यालुमा पनि हिमपात भई रहेको छ । लिमीका लागि यो हिमपात सातौं हिमपात हो । त्यसैगरि नाम्खा कै नारा, यारी, मुचु,ु इलिङ काँघ, लाङ्दुमा पनि हिमपात भई रहेको छ ।
बिहानसम्म सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको पनि बोक्सी डाँडा, छोपाखोर, पंचमुखी, रलिङ, लब्लीडाँडा, चुँवाखोला, चाङ्ला हिमाल लगाएतका अग्ला स्थानमा हिमपात भई रहेकोमा दिउसोबाट भने सिमकोटमा समेत हिमपात भएको होे । सिमकोटमा पनि आधा फिट हिउ जमेको कारण जमिन सेताम्मे भएको देखिन्छ ।
यसअघि एक दुई ईन्चि मात्र हिमपात भएको कारण त्यसबाट खासै प्रभाव नपरेको भएपनि यो हिमपात भने सम्पुर्ण किसिमले उपयोगी भएको छ । चिसो पनि बढेको छ । हिमपातले गर्दा हवाई सेवा अबरुद्ध भएको छ । हिल्सा र लिमी जाने सडक पून अवरुद्ध भएको छ ।
त्यसैगरि मुगु र जुम्ल जिल्लाको उच्च क्षेत्रमा पनि हिमपत भई रहेको छ । यता कालिकोट जिल्लाको उच्च षेत्रमा पनि हिमपात भई रहेको छ । कर्णालीका सबै हिमाली जिल्लाका तल्ला क्षेत्रहरुमा भने वर्षा हुने क्रम जारी रहेको छ । दक्षिणी क्षेत्रमा वर्षा कर्णाली हिमाली जिल्लाका उच्च षेत्रमा हिमपात भएपछि बेसीतर्फ भने वर्षा भई रहेको छ ।
उच्च क्षेत्र भन्दा तल्लो क्षेत्रमा भने वर्षा भई रहेको होे । यो वर्षा हुने क्रम अहिले पनि जारी रहेको छ । आकाशबाट भुईमा पुगुन्जेल हिउ भएपनि जमिनमा खस्ने बित्तिक्कै वर्षामा परिणत हुने गरेको छ । शुक्रबार कर्णाली प्रदेशभर वर्षा र हिमपात भई रहेको छ ।
किसान खुसी लामो समयसम्म हिमपात र वर्षा नभएको कारण किसानहरु भने खुसी देखिनु भएको छ । किसानको लागि यो वर्षा सुन बराबर भएको छ । गत कातिकमा जमिनमा छरेको जौ, उवा र गहुँ कतै उम्रेर सुक्न थालेको थियो भने कतै खडेरीले उम्रिन नै सकेको थिएन । किसानमा यो वर्षापछि किसानमा आशा भने पलाएको देखिन्छ । त्यसैगरि कातिके बाली पनि छर्ने बेला भएको कारण खनजोत गर्न किसानलाई सहज हुनेछ । त्यसैगरि फलफुलका बिरुवा लगाउन पनि सहज हुनेछ ।
















