पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप अभियानको तयारी पुरा निधक्क भएर खोप लगाउन आग्रह

फोटो क्याप्सन स्वास्थ्य सेवा कार्यालयले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीहरु । तस्बिरः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियानको तयारी पुरा भएको छ । स्वास्थ्य सेवा कार्यालयले निर्धिारत खोप केन्द्रमा भ्याक्सिन, स्वास्थ्यकर्मी, स्वयम सेवक पुगेको र अब फागुन १८ गते आईतबार खोप लगाउन सुरु हुने भएपनि तयारी पुरा भएको जनाएको हो।

स्वास्थ्य सेवा कार्यालयकी प्रमुख चिकीत्सक प्रतिक्षा भारतीले एचपिभी खोपको तयारी पुरा भएको जानकारी दिईन । जिल्लामा फागुन १८ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । विद्यालयमा अध्ययनरत छात्राहरुलाई लक्षित गरेर लगाईन लागिएको सो खोपका लागि हाल जिल्लाभरका विद्यालयहरु सुचारु भएर भर्ना अभियान सञ्चालन भई फागुन १८ गते आईतबारबारबाट पठनपाठन समेत सुरु हुँदैछ ।

देशभर माघ २२ गतेबाट खोप लगाउन सुरु गरिएको थियो । जिल्लामा चिसो मौसमका साथै दुर्गम जिल्ला भएको कारण विद्यालय समेत बन्द रहेको कारण केही समय ढिला गरी यो खोप अभिययान सञ्चालन हँदैछ । किशोरीहरुलाई खोप लगाउनका लागि तीन हजार ७८० भाईल खोप जिल्लामा आई पुगेको र सो भ्याक्सिन खोप केन्द्रतर्फ ढुवानी भई सकेको छ । विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई सो खोप लगाउन लागिएको हो ।

भने विद्यालयमा अध्ययन गर्ने कक्षा छ देखि दशसम्मका किशोरीले पनि यो खोप लगाउने छन् । तीन हजार चार सय ४३ किशोरीलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो । विद्यालय जाने किशोरी र विद्यालय जान नपाएका दुबै समुहका किशोरीमा यो खोप लगाइने भएको हो । जिल्लाका सात वटा गाउँपालिकाहरुमा ९९ वटा खोप केन्द्रबाट उक्त खोप अभियान सञ्चालन हुनेछ ।

जिल्लाको छ वटा गाउँपालिकामा फागुन १८ देखि २९ गतेसम्म यो खोप अभियान सञ्चालन हुने छ । गाउँपालिकामा भने फरक मितिमा सुरु हुनेछ । उत्तरी नाम्खा गाउँपालिकाको हिमाल पारीको गाउँ लिमी, यारी लगायतका गाउँ हिउँले बाटो बन्द हुने हुँदा फागुन महिनाको २० गतेदेखि २०८२ सालको बैशाख ७ गतेसम्म उक्त खोप अभियान सञ्चालन हुने छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको १७ खोप वटा केन्द्रबाट ३१९ किशोरी, सिमकोट गाउँपालिकाका बीस खोप केन्द्रबाट ७५६, खार्पुनाथमा १५ खोप केन्द्रबाट ३६५, सर्केगाडमा १८ खोप केन्द्रबाट ६८६, चङ्खेलीमा सात खोपबाट ३३१, अदानचुलीमा दश खोप केन्द्रबाट ६०७ र ताँजकोट गाउँपालिकाका १२ खोप केन्द्रबाट ३७८ जना किरोशीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने लक्ष्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइने र विद्यालय नजाने किशोरीलाई पनि उक्त खोप लगाइने तयारी गरिएको छ । खोप केन्द्रमा ९९ जना स्वास्थ्यकर्मी र एक सय ९८ जना स्वयंसेवक परिचालन गरिने छ । जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ । यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

निर्धक्क भएर खोप अभियानमा सहभागीता जनाउन प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले आग्रह गरे । ९८ देखि एक सय प्रतिशत यो खोप प्रभावकारी रहेको पाईएको कारण सामाजिक सञ्चालनमा आउने प्रमाण बिनाका आरोप निराधार भएकोले ढुक्क भएर खोप लगाउन उनले किशोरीलाई आग्रह गरे । केही जोखिम देखिएन चिकीत्सकको समेत ब्यवस्था गरिएको कारण कुनै द्धिबीधामा नपरेर खोप लगाउनु पर्ने उनले बताए । खोप लगाई सकेपछि आधा घण्टा खोप केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा लक्षित वर्गको किशोरीहरु बस्नु पर्नेछ ।