
सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा फागुन २१ गतेबाट एचपिभी खोप अभियान सुरु हुने भएको छ । गाउँपालिका स्वास्थ्य शाखाले बनाएको खोप कार्यतालिकालाई सोमवार बसेको सरोकारवाला पक्षको बैठकलाई अनुमोदन गरे पछि उक्त मितिबाट खोप अभियान सुरु हुने भएको हो ।
२१ गतेबाट २३ गतेसम्म पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताए । सोमबार शाखाको आयोजनामा वसेको सरोकारवाला पक्षको बैठकले सो कार्यतालिकालाई सदर गरेको छ ।
गाउँपालिकाका बाह्र वटा खोप केन्द्रमा अभियान सञ्चालन हुनेछ । जसमा आठ वटा विद्यालय र चार वटा स्वास्थ्य संस्थाका अभियान सञ्चालन गरिने छ भने छुटफुटका लागि पनि खोप लगाउने ब्यवस्था गरिएको छ ।
२१ गते हुने खोप अभियानमा जनप्रकाश माबि भैसामाझ, धर्माेदय माबि छप्रेला, क्षेत्रपाल आबि कोलिबाडा, रामदेब आ बि रामा, चन्द्र प्रकाशम मा बि गोठेलबाडा, मदना देब माबि मदना र बुद्धि बिकाश आबि सिरुपाटामा हुनेछ ।
त्यसैगरि फागुन २३ गते हुने खोप अभियान मासपुर आधारभूत स्वास्थ्य एकार्ई मासपुर, भैसामाझ सामुदाय स्वास्थ्य इकाई भैसामाझ, मैला स्वास्थ्य चौकी छप्रला, गोठेलबाडा आधारभूत स्वास्थ्य एकार्ई गाठेदकाठा, मदना स्वास्थ्य चौकी मदनामा हुनेछ । खोप अभियानबाट कक्षा छ देखि दश कक्षामा अध्ययनरत छात्रा र दश वर्षदेखि चौध वर्ष उमेर समुहका विद्यालय बाहिरका किशोरीहरु लावान्भित हुनेछन् ।
ताँजकोट गाउँपालिकाका १२ खोप केन्द्रबाट ३७८ जना किरोशीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने लक्ष्य रहेको छ । यसका लागि बाह्र जना स्वास्थ्यकर्मी, बाह्र जना स्वास्थ्य स्वयम सेविका र बाह्र जना स्वयम सेवकले सहयोग गर्नेछन् ।















